Sunday, October 24

कस्तो रहला अब तीन दिनको मौसम?, मौसम, : आज यी तीन प्रदेशमा निकै ठूलो, वर्षा: हुने, सतर्कता अपनाउन आग्रह

July 10, 2021 151

Sapana Sanjal : कस्तो रहला अब तीन दिनको मौसम?, मौसम, : आज यी तीन प्रदेशमा निकै ठूलो, वर्षा: हुने, सतर्कता अपनाउन आग्रह काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहँदा मौसम सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश १, बागमती प्रदेश,गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भैरहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।,

आगामी तीन दिनको मौसम पूर्वानुमान २०७८ असार २६ गते (शनिबार, दिउँसो:देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, बागमती प्रदेश र सुदुरपश्चिम प्रदेशको एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

राति,: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिमका एक वा दुई स्थानमा मेघगर्जन,चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

२०७८ असार २७ गते (आइतबार, दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा मेघ गर्जन,चट्याङ्गसहित भारी,धेरै भारी वर्षाको सम्भावना रहेको छ।

राति: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका का केही स्थानहरुमा मेघगर्जन,चट्याङ्ग सहित भारी,धेरै भारी वर्षाको सम्भावना रहेको छ।

२०७८ असार २८ गते( सोमबार, दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

राति,: देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।,

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र केही स्थानहरुमा मेघगर्जन,चट्याङ्ग, सहित भारी धेरै भारी वर्षाको सम्भावना रहेको छ। त्यसैले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन,यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।,

Comment