Saturday, October 16

नुवाकोटमा कोरोनाको तेस्रो भेरियन्ट भेटियो, सुरक्षित रहन त्रिशुली अस्पतालको आग्रह (बिज्ञप्ती)

July 10, 2021 161

Sapana Sanjal : नुवाकोट । नुवाकोटमा कोरोनाको डेल्टा प्लस अर्थात तेस्रो भेरियन्ट देखिएको छ ।

जिल्लाको त्रिशुली अस्पतालमा गरिएको परीक्षणमा पोजेटिभ देखिएका केसहरुमध्ये ४ जनाको राष्ट्रिय जनश्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो ।”

जसमध्ये १ जनामा तेस्रो भेरियन्ट अर्थात डेल्टा प्लस भेरियन्ट देखा परेको जिल्ला अस्पताल त्रिशुलीले जनाएको छ । साथै पहिलो, दोस्रो भन्दा भन्दा यो भेरियन्ट ६० देखि १०० प्रतिशत भन्दा बढी खतरानक रहेको छ ।

नेपालमा तेस्रो लहर अर्थात् ‘डेल्टा प्लस’ भेरियन्टको जोखिम कति?

कोरोना भाइरसको डेल्टा भेरियन्टले विश्वभर चिन्ता बढाएको छ। डेल्टा भेरियन्टका कारण नै नेपाल, भारतलगायत देशमा कोरोना संक्रमणको दोस्रो लहर फैलिएको मानिएको छ।  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार कोभिड-१९ को डेल्टा भेरियन्ट संक्रमितहरूको करिब एक सय देशमा भेटिइसकेका छन्। अबको एक महिनासम्ममा डेल्टा भेरियन्टको संक्रमण विश्वका अधिकांश देशमा पुग्नसक्ने र यसले जोखिम बढाउने भन्दै डब्लुएचओले चिन्ता व्यक्त गरेको छ।

गत साता डब्लुएचओले कोभिड-१९ को साप्ताहिक एपिडेमियोलोजिकल अपडेट सार्वजनिक गर्दै २९ जुन २०२१ सम्म ९६ देशमा डेल्टा भेरियन्ट पुगेको उल्लेख गरेको थियो। तर वास्तविक रूपमा यो भन्दा धेरै देशमा पुगिसकेको हुन सक्ने बताएको थियो। कोरोनाका अन्य भेरियन्टका तुलनामा यो भेरियन्ट घातक र संक्रमण दर पनि बढी भएको बताइँदै आएको छ। हालसम्म अल्फा भेरियन्ट १७२ देशमा पुगेको पुष्टि भएको छ भने बिटा भेरियन्ट १२० देशमा भेटिएको छ। यस्तै गामा भेरियन्टका संक्रमित ७२ देशमा भेटिएका छन्।

नेपालमा डेल्टा प्लस भेरियन्ट फैलिएको पुष्टि भइसकेको छ। पहिलोपटक भारतमा पुष्टि भएको कोभिड–१९ भाइरसको डबल म्युटेन्ट स्ट्रेन (बी.१.६१७.२)लाई विश्व स्वास्थ्य संगठनले डेल्टा नाम दिएको हो। डेल्टा भेरियन्टमा ‘के४१७एन’ नाम दिइएको नयाँ म्युटेन्टसँगको संयोगबाट बनेको भेरियन्टलाई ‘डेल्टा प्लस'(एवाई.१ वा बी.१.६१७.२.१) भन्न थालिएको ‍बताउँछन् शुक्रराज ट्रपिकल तथा सरुवा रोग विशेषज्ञ अस्पतालका रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुन।

डा. पुन भने डेल्टा प्लस भेरियन्ट निकै आक्रामक हुने भन्ने कुरामा त्यति विश्वस्त देखिँदैनन्। उनी भन्छन्, ‘अहिले कुरा आएको जस्तो धेरै आक्रामक हुने भनेर यकिन गरिहाल्ने अवस्था छैन। नेपालमा दोस्रा लहरको संक्रमण उत्कर्षमा पुगेका बेला डेल्टा र डेल्टा प्लस दुवै खालका भेरियन्ट पुष्टि भएको थियो। त्यतिबेला पनि १९ प्रतिशतमा डेल्टा प्लस भेरियन्ट पुष्टि भएको थियो। यद्यपि, डेल्टा प्लसको भूमिका कति रह्यो भन्नेबारे अनुसन्धान गर्नुपर्छ, अनुसन्धान बिना जोखिमको मूल्यांकन/आकलन गर्न सकिन्न।’

नेपालमा हाल दैनिक २ देखि ३ हजारको हाराहारीमा संक्रमण पुष्टि भइरहेको छ। कुल परीक्षणको अझै पनि २० प्रतिशतभन्दा बढीमा संक्रमण पुष्टि हुँदै आएको छ। दोस्रो लहर आउनु अगाडिका क्रियाकलापहरु जस्तै भीडभाड, सभा–सम्मेलन र जुलस लगायतका गल्ति पुनः दोहोरिए तेस्रो लहरमा अझ धेरै मानिस संक्रमित हुन सक्ने जनस्वास्थ्यविद्हरूको भनाइ छ। नेपालका लागि अझै पनि संक्रमणको जोखिम कायम नै रहेको जनस्वास्थ्यविद्हरू बताउँछन्।

Comment