Tuesday, August 3

संसारकै सबैभन्दा सानो पुन्टे गाई, सामाजिक सञ्चालनमा चर्चित बन्दै, देख्नेहरु हेरेको हेर्यै भए (भिडियाेमा हेर्नुस्)

July 10, 2021 382

Sapana Sanjal : संसारकै सबैभन्दा सानो पुन्टे गाई, सामाजिक सञ्चालनमा चर्चित बन्दै, देख्नेहरु हेरेको हेर्यै भए (भिडियाेमा हेर्नुस्) ।  एउटा अनौठो पुड्के गाई सामाजिक संजालमा भाइरल बनेको छ जुन खबर हो बंगलादेशको ।

अन्तराष्ट्रिय मिडियाका अनुसार बंगलादेशको चरिग्रामस्थित एक फार्ममा भेटिएको उक्त गाई २१ सेन्टिमिटरको रहेको बताइएको छ । २८ केजी तौल रहेको उक्त गाईको लम्बाई २१ सेन्टिमिटरको रहेको छ । रानी नाम गरेको उक्त गाई २३ महिनाको रहेको छ । फार्म संचालन हसन हाउलाडरका अनुसार उक्त गाई संसारकै सबैभन्दा सानो गाई भनेर गिनिज बुक अफ वल्ड रेकर्डका लागि दर्ता गर्ने तयार थालिएको छ ।

फार्म संचालकले रानीलाई अन्य गाईहरुको बथानबाट छुट्टै राखेर रेखदेख गर्ने गरेका छन् । अन्य गाईको तुलनामा केही फरक रहेको उक्त गाई बाहिर हिड्न डुल्न मनपराउने स्वभावको रहेको छ । उसलाई लामो बाटो हिँड्न पनि समस्या देखिएको फार्म संचालन हसन हाउलाडरले बताए ।

उक्त अनौठो गाईलाई हेर्नका लागि अहिलेसम्म १५ सय बढी मानिसहरु फार्ममा पुगेको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । हेर्नुहाेस् भिडियाेमा:-

Comment