Thursday, August 5

गौतम बुद्धका यी उपदेश जसलाई मनन् गर्नसके दुःखबाट टाढै रहन सकिन्छ

July 10, 2021 105

Sapana Sanjal : मनुष्य जातिको इतिहासमा गौतम बुद्ध जस्तो महिमापूर्ण नाम दोश्रो छैन । बुद्धको धर्म बुद्धिको धर्म हो ।

बुद्ध इतिहासका सबैभन्दा महान व्यक्ति मध्य एक हुन, जसले बौद्ध धर्मको रुपमा मानवतालाई अमूल्य सन्देश दिएर गएका छ । उनले स्थापना गरेको बौद्ध धर्म आज विश्वमा ५० करोड भन्दा पनि बढि ब्यक्तिहरुले मान्दै आईरहेका छन् ।

उनै गौतम बुद्धका उपदेशलाई तपाईँ हामीले अनुशरण मात्र गरेपनि जीवनमा ठूला परिवतर्न आउन सक्नेछ ।

१. संसार दुःखले भरिएको छ, यी दुःखका मुख्यकारण हाम्रा इच्छाहरु हुन्। हामीले हाम्रा इच्छाहरुलाई नियन्त्रण गर्न सकेमा दुःखलाई नाश गर्न सकिन्छ ।

२. यदि तपाईँको एउटा इच्छा पुरा भयो भने तुरुन्त अर्को इच्छा जन्मिनेछ ।

३. क्रोधलाई पालेर राख्नु भनेको तातो कोईलालाई पक्रेर राख्नु र अरु कुनै स्थानमा फ्याक्ने मनसायले राख्नु समान हुन्छ । यसले तपाईँलाई नै जलाउने छ ।

४. सत्यको मार्गमा चल्ने कुनै पनि ब्यक्ति दुईवटा मात्र गल्ति गर्न सक्छन्- पुरा बाटो नहिड्नु या सुरुवात नै नगर्नु ।

५. स्वस्थ स्वास्थ्य सबैभन्दा ठूलो उपहार हो, विश्वास सबै भन्दा राम्रो सम्बन्ध हो भने सन्तोष सबैभन्दा ठूलो धन हो ।

६. आफ्नो काम पुरा गर्नका लागि कहिल्यै पनि अरुमा निर्भर नहुनुहोस् ।

७. वितेको समयका बारेमा ध्यान नदिनुहोस्, भविष्यको बारेमा नसोच्नुहोस्, आफ्नो मनलाई वर्तमान समयमा केन्द्रित गर्नुहोस् ।

Comment