Saturday, September 18

कार र्दुघटनामा हुदाँ एमाले युवा नेताको मृत्यु

July 9, 2021 182

Sapana Sanjal : झापामा कार र्दुघटनामा हुदाँ एमालेका नेता ज्ञानु प्रसाई मृत्यू भएको छ । चारआली–चन्द्रगढी सडक खण्डमा दुर्घटनामा परेको प्रसाईं उपचारका क्रममा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । बिर्तामोड–१ निवासी ४६ वर्षीय प्रसाई एमाले युवा नेता तथा व्यवसायीसमेत हुन् । ।

उनले चलाएको का १६ च ८१८२ नम्बरको कार आफै अनियन्त्रित भई देवकोटाको सालिकको कम्पाउण्डको वालमा ठोकिएर दुर्घटना हुँदा कार चालक प्रसाई गम्भिर घाइते भएका थिए । उनको अवस्था गम्भीर रहेकाले उनलाई उपचारका लागि मेची अस्पताल लगिएको थियो । मेची अस्पतालले १२ः१५ बजे उपचारको क्रममा मृत्यु भएको घोषणा गरेको छ । उनी बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतराका पति हुन् ।

त्यस्तै अरनिको राजमार्ग खण्डअन्तर्गत मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटो साझा पेट्रोलपम्प अगाडि आफैँले चलाएको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सङ्खुवासभा चैनपुर घर भई हाल सिन्धुपाल्चोक बाह्रबिसे बस्ने ४३ वर्षीय प्रकाश भट्टराई रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

बिहीबार साँझ काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको बा९३प ९६५२ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकको बाँयापट्टिको रेलिङमा ठोक्किएर दुर्घटना हुँदा गम्भीर घाइते भएका भट्टराईको मध्यपुर अस्पताल थिमिमा उपचारका क्रममा मृत्यु भएको उनले बताए ।

त्यस्तै खोला तर्ने क्रममा बिहीबार बगाएर बेपत्ता भएका तनहुँका मैते नेपाली आज बिहान मृत फेला परेका छन् । जिल्लाको म्याग्दे गाउँपालिका–४ घुम्ती नजिकको खहरेखोला तर्ने क्रममा स्थानीयवासी ४५ वर्षीय नेपालीलाई बगाएर बेपत्ता बनाएको थियो ।

बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण वारको पार भएको खोला तर्ने क्रममा बगाएर बेपत्ता बनाएपछि खोजतलास गरिए पनि भेट्टाउन सकिएको थिएन । आज बिहानदेखि नै नेपाल प्रहरी र स्थानीयबासीको सक्रियतामा खोजी गर्दै जाँदा बगाएको स्थानबाट करिब एक किलोमिटर दूरीमा शव फेला परेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए।

Comment