Friday, October 15

९० प्रतिशत डाक्टर नै संक्रमित भएपछि यो अस्पताल बन्द

April 25, 2021 129

Sapana Sanjal : काठमाडौ ।

कोरोना भाइरस सं,क्रमणको हटस्पट बन्दै गएको बाँके जिल्ला र नेपालञ्ज क्षेत्र वरिपरिको अवस्था भयावह बन्दै गएको छ । स्थानीय खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा कार्यरत कर्मचारी, डाक्टर र नर्सहरूको पीसीआर परिक्षणमा ९० प्रतिशत रिपोर्ट पोजिटिभ देखिएको छ ।

अस्पतालले शनिबार सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘अस्पतालमा बिरामीको सेवामा खटिएका कर्मचारीहरू नै कोभिड १९ बाट प्रभावित भएको अवस्थामा अस्पतालले बिरामीहरूको स्वास्थ्यलाई मध्यनजर राख्दै २०७८ बैशाख १२ देखि ऐ १८ गतेसम्म इमरजेन्सी बाहेकका सबै सेवाहरू बन्द गरिएको छ ।’

अस्पताल प्रशासनले सूचना निकालेर आजदेखि वैशाख १८ गतेसम्म इमरजेन्सीबाहेक सेवा बन्द गर्ने उल्लेख गरेको छ । बिरामीलाई पर्न गएको असुविधाप्रति अस्पतालले क्षमा मागेको छ । पछिल्लो समय बाँकेमा कोरोना सं,क्रमित बढेका छन् । यस्तै जिल्लामा कोरोना नियन्त्रण बाहिर जान थालेपछि बाँकेको कोहलपुर नगरपालिकामा आजदेखि लकडाउन गरिएको छ ।

Comment