Saturday, October 16

काठमाडौं, असार २२ – नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन र ग्यास गरी सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आयल निगमले मंगलबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक वायु सेवाले प्रयोग गर्ने हवाई इन्धनमा दुई-दुई रुपैयाँ प्रतिलिटर, अन्तर्राष्ट्रिय वायु सेवाले प्रयोग गर्ने हवाई इन्धनमा १९ डलर प्रतिकिलोलिटर र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ मूल्यवृद्धि गरेको छ । मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय २९, डिजेल र मट्टीतेल समान एक सय १२ रुपैयाँ प्रतिलिटर पुगेको छ । आन्तरिक हवाई इन्धन ८४ रुपैयाँ प्रतिलिटर र बाह्य हवाई इन्धन सात सय ५४ डलर प्रतिकिलोलिटर तथा खाना पकाउने ग्यास प्रतिसिलिन्डर एक हजार चार सय २५ रुपैयाँ पुगेको छ । यसअघि असार ९ गते निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो। भारतबाट आउने मूल्य नै बढेकाले समायोजन गरिएको निगमले जनाएको छ।

July 7, 2021 79

Sapana Sanjal : काठमाडौं, असार २२ – नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन र ग्यास गरी सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

आयल निगमले मंगलबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक वायु सेवाले प्रयोग गर्ने हवाई इन्धनमा दुई-दुई रुपैयाँ प्रतिलिटर, अन्तर्राष्ट्रिय वायु सेवाले प्रयोग गर्ने हवाई इन्धनमा १९ डलर प्रतिकिलोलिटर र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ मूल्यवृद्धि गरेको छ ।

मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय २९, डिजेल र मट्टीतेल समान एक सय १२ रुपैयाँ प्रतिलिटर पुगेको छ । आन्तरिक हवाई इन्धन ८४ रुपैयाँ प्रतिलिटर र बाह्य हवाई इन्धन सात सय ५४ डलर प्रतिकिलोलिटर तथा खाना पकाउने ग्यास प्रतिसिलिन्डर एक हजार चार सय २५ रुपैयाँ पुगेको छ ।

यसअघि असार ९ गते निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो। भारतबाट आउने मूल्य नै बढेकाले समायोजन गरिएको निगमले जनाएको छ।

Comment