Saturday, October 16

मृत्युपछि कस्तो दु:ख छ ? मानिसको जीवन पाउन एकदमै कठिन छ (फोटोसहित)

July 6, 2021 298

Sapana Sanjal : मानिस जन्मेपछि मृत्यु पनि निश्चित छ।

मृत्यु पछि बर्दोमा भएबित डरलाग्दो बाटोमा आफुले गरेको कुशल र अकुशल कर्म अनुसार आफु एक्लै जानुपर्दा आफुले भोग्नु पर्ने दु:खहरु फोटोमा हामीले गरेको धेरै किसिमको पापरुको फलहरु जस्ताको तस्तै देखाएको छ। यो कुनै त्यत्तिकै चित्रण गरेको होइन्। यो धर्मिक शास्त्र बार्दो थोइठोलमा बताउनु भएको छ।

बौद्ध धर्मको सिद्धान्त आनुसर बौद्ध धर्मले भनेको आनुसर मनिसको जीवन पाउन निकै नै कठिनाइ र दु:ख छ। यो हाम्रो अहिले मनुष्य जीवन सयौं, हजारौं, लाखौंको पुन्यले प्राप्त भएको मानिन्छ। हामीलाई मानव जीवन पाउनु अबसर प्राप्त भएको जस्तो हो। जब हामीलाई अवसर प्राप्त हुँदैन तब हामीले केहि पनि गर्न सक्दैन यो मानव जीवन पाउनु पनि हामिलाई आवसर प्राप्त भएको हो। अब फेरि फेरि पनि यस्तो अवसर प्राप्त पनि नहुन सक्छ।

मानिसको जीवन पाउन एकदमै कठिन छ भनेको छ। कस्तो दु:ख छ त एउटा उदाहरण दिनुभएको छ। -एउटा ठूलो समुन्द्र छ। त्यो समुन्द्र भित्र चही एउटा अन्धो कछुवा बस्छ। र जसको चही आँखा फुटेको छ र अन्धो छ। अनि समुन्द्रको सतह माथी चही एउटा जुवा छ। हामीले गाउँघर तिर हालो जोत्छ। तेस्तै जुवा हुन्छ, जसको जुवाको बीचमा एउतै मात्र प्वल छ। त्यो जुवा चाही समुन्द्र माथी तैरी रहेको हुन्छ। र त्यहाँ हावा धेरै चली रहन्छ। त्यस हावाको कारणले त्यो जुवा चाही कहिले उता कुनामा पुराउँछ।

कहिले यतको कुनमा पुराउछ। र अँखा नभएको कछुवा चही सय बर्षमा एकचाेटि त्यो समुन्द्र माथी निस्किन्छ। र त्यहाँ एक त कछुवाको आँखा छैन् अर्को जुवा चही निर्जीव हो उसलाई कछुवा आउँछ भने पनि थाहा छैन्। तर कुनै न कुनै दिन त्यस्तो समयोग जोड्छ। त्यो आँखा नभएको कछुवाको टाउकाे चही त्यो समुन्द्र माथी हलिरहेको जुवाको प्वल भित्र पर्न सक्छ भनेको छ। त्यो अन्धो कछुवाको टाउको त्यो जुवाको प्वाल भित्र छिर्नु कति कठिनाई होला सोचेर हेर्नु। मानब जीवन पाउनु त्यो भन्दा पनि अजै कठिनाई र दु:ख छ भनेको छ।

अर्को उदाहरण घरको सम्म्ये भित्तामा मटरको दाना छर्काउदा भित्तामा बस्नु कति गाह्रो छ, त्यो भन्दा नि धेरै मानव जिवान पाउनु कठिन छ भन्नु भएको छ। हाम्रो मनव जिवन प्राप्त गर्न अब त्यो अर्थले विश्लेषन गरेर हेर्दा कतिको चही दु:ख रहेछ त हाम्रो मनव जीवन प्राप्त गर्न।

हाम्रो मृत्युको कारणहरु अनिश्चित भएकोले कुनै पनि बेला हामी मर्न पनि सक्छौ। हामी सोच्ने गर्छौ कि बुढा बुढी भएपछि धर्म गर्छु भनेर। अहिले म जवन नै छु। राम्रो जीवन बिताउछु। पैसा कामउँछु। रमाइलो गर्छु। भन्ने हाम्रो सोचमा आउँछ। तर यर्थत के हो भने हामी बुढाे हुन्जेल सम्म पनि नबच्न पनि सकिन्छ। मरण कति बेला हुन्छ थाहा छैन। खास भन्ने हो भने हामीले १६ वर्षदेखि ४० वर्षको बिचमा धेरै धर्म गर्नुपर्छ। यही बेला हामीमा धेरै शक्ति, बल, काम गर्ने आट जे पनि गर्नु सक्ने क्षामता हुन्छ।

त्यसैले हामीले १६ वर्षदेखि ४० वर्ष बीचमा धरै पापहरु गर्ने गर्छौ। जस्तै चोर, डकैति, फाट्ट, लुट, मार, लोभ, लालाज जस्ता धेरै किसिमको कुकर्महरु गर्ने गर्छौ। धर्म र काम लाई कहिले पनि पछि गर्छु भन्ने सोच्नु हुदैन। हामी अहिले नै, भोलि नै मर्न पनि सक्छ। त्यसैले समय मै गर्नु पर्छ। समयको फल मिठो हुन्छ।

उदाहरणको लगि हामीसँगै जन्मेको मानिसहरुकै बारेमा सम्झौ कोहि बच्चा अवस्थ मै मृत्युु हुन्छ। कोहि जवन भएर मृत्यु हुन्छ। भने कोहि काम गर्दा गर्दै आफ्नो जिन्दगीलाई तेतिकै गुमाउँछौ। हाम्रो आफ्नै जीवन पनि लामो नहुन पनि सकिन्छ। धर्म अभ्यास गर्नु भन्दा अगाडि पनि मर्न पनि सक्छ।

यस्तो भएमा हामी यो संसारबाट रित्तै हात फर्किनु पर्छ। हामी यो संसारमा आउनु भनेको पाहुना जस्तै हो। यो अमुल्य जीवन पाएको बेला यो सन्सरिक दु:खको माया जालमा अलमलिएर नबसौँ। विभिन्न किसिमको नर्क जाने राजनीतिक कार्यहरुदेखि टाढा हुनु नै बेश हो। त्यसैले म यो मौका गुमाउन चहान यस्तो मौका भएको बेला म धर्मको अभ्यास गर्छु। धर्मको बरेमा बुझ्छु। पुरै जिवन भर गर्न सके जनै राम्रो तर, पुरै गर्न नसके पनि त्रिरनको शरणमा मात्र जन सके पनि हामी नर्ग, प्रेत, पशु लोकमा जन्म लिनुबाट ढाेग बन्दा हुनेछ। त्रिरत्नको शरणमा भनेको बुद्धको शरणमा जानु, धर्मको शरणमा जानु, संघको शरणमा जानु हो। थुजेछे ।

Comment