Saturday, October 16

घरपरिवारमा सुख शान्ति र धनदौलतको कमी नहाेस् भन्ने चाहानुहुन्छ भने सॉझ परेपछि भुलेर पनि यी काम कहिल्यै नगर्नुहोस् !

July 5, 2021 161

Sapana Sanjal : घरपरिवारमा सुख शान्ति र धनदौलतको कमी नहाेस् भन्ने चाहानुहुन्छ भने सॉझ परेपछि भुलेर पनि यी काम कहिल्यै नगर्नुहोस् ! हिन्दु धर्म शास्त्र अनुसार यी ५ काम सूर्यास्तपछि कहिल्यै गर्नु हुँदैन । पौराणिक कथा र ज्योतिष शास्त्रमा कयौँ यस्ता कुराको दावी गरिएको छ जसलाई आजका मानिसपनि मान्ने गर्दछन् । यस्ता कार्य राति गरेमा लक्ष्मी माता रि-साउनु हुन्छ भन्ने मान्यता रहेकाे छ:-

१) शंख नबजाउनुहोस्:- घरमा राखिने शंखमा सधै धनकी देवी लक्ष्मीको बास हुने गर्दछ। हाम्रा पूर्खाका अनुसार सबैले घरमा शंख राख्न जरुरी छ। परन्तु यो कुरा ध्यान दिन जरुरी छ की रात परेपछि शंख बजाउन हुँदैन्। साँझमा शंख बजाउँदा धन हानी हुने सम्भावना हुने गर्दछ।

२) राति कपडा धुनु हुँदैन:- मान्यता यो छ कि राति कपडा धुनु हुँदैन। भनिन्छ राति कपडा धुँदा र त्यसलाई सुकाउँदा कपडामा नेगेटिभ एनर्जी प्रवेश गर्दछ। यस्तो कपडाबाट तपाईंको मनमा नकारात्मक असर पर्दछ । कपडा साँझसम्म नसुके त्यसलाई राति छतको तल फैल्याउनुहोस्।

३) राति बिना केसर वा बेसार दूध नपिउनुहोस:- अर्को मान्यता यो छ कि राति दूधमा थोरै बेसार या केशर मिलाएर पिउनु पर्दछ । केही नमिसाई नखानुहोस् । किनकी दूधको प्रकृति चिसो हुन्छ र सादा दूध राति झनै चिसो हुन्छ । यसले तपाईंलाई सर्दीको समस्या हुन सक्छ । तपाईं विरामी हुनुभए लक्ष्मी तपाईंबाट टाढा हुनेछिन् ।

४) राति दूध या खाना ढाकेर राख्नुहोस्:- अर्को मान्यता यो पनि छ कि राति दूध या अन्य खाना जहिल्यै ढाकेर राख्नु पर्दछ । भलै तपाईं खानेकुरा फ्रिजमा राख्नुहुन्छ तर ढाकेरै राख्नुहोला । भनिन्छ खाना खुला राख्दा यसमा रातको नकारात्मक उर्जा प्रवेश गर्दछ । अर्को तर्क यो पनि छ कि कयौँ प्रकारका साना किरा बाहिर आउने र खानामा प्रवेश गर्न सक्दछन् जसले विरामी भइन्छ ।

५) साँझ स्नान गरेपछि निधारमा चन्दन नलगाउनुहोस्:- साँझ यदी तपाईं सूर्यास्तपछि स्नान गर्नुहुन्छ भने निधारमा चन्दन नलगाउनुहोला किनकी चन्दन लगाएर तपाईं राति सुत्नुहुन्छ भने चन्दनको पाप्रा तपाईंको आँखामा खस्न सक्छ र रोशनी गुम्न सक्छ वा आँखामा समस्या आउन सक्छ भन्ने मान्यता छ । केही निधारमा लाउनै परे विभूति लगाउन सक्नुहुन्छ ।

६) सूर्यास्तपछि कपाल नकाट्नुहोस:- यो पनि मान्यता छ कि राति कपाल अर्थात रौँ का-ट्नु हुँदैन किनकी यसो गर्दा तपाईंमा नकारात्मक असर पर्दछ र लक्ष्मी रि-साउन सक्छिन्।

Comment