Saturday, September 18

बालाजु बोहराटारबाट शक्ति भुजेल पक्राउ : अब जाने भए जेल, तिर्ने भए ९२ लाख जरिवाना !

July 5, 2021 151

Sapana Sanjal : २० असार, काठमाडौं । बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई फरार भएका एक व्यक्तिलाई प्रहरीले काठमाडौंको बोहराटारबाट पक्राउ गरेको छ ।

मोरङको बेलबारी नगरपालिका-७ घर भई काठमाडौंको बालाजु बस्दै आएका ३० वर्षीय शक्ति भुजेललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार पक्राउ गरेको हो ।

भुजेलले अष्ट्रेलिया पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट ९२ लाख रुपैयाँ लिएको र उक्त रकम फिर्ता गरिदिने भन्दै आफ्नो नाममा रहेको बैंक खाताको चेक काटेर दिएका थिए । तर खातामा पर्याप्त रकम नभएको पाइएपछि पीडितहरुले जाहेरी दिएका थिए ।

उच्च अदालत पाटनले उनलाई बैंकिङ कसूर मुद्दामा दोषी करार गर्दै १४ दिन कैद र ९२ लाख जरिवानाको फैसला सुनाएको थियो । पक्राउ परेका भुजेललाई फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको ब्युरोका उपनिर्देशक प्रहरी उपरीक्षक श्यामकुमार महतोले वताए ।

Comment