Tuesday, August 3

कुन राशि भएका व्यक्तिले कुन दि-शामा धनसम्पत्ती राख्दा फलिफाप हुन्छ त ! जान्नै पर्ने यी कुरा

July 5, 2021 188

Sapana Sanjal : कुन राशि भएका व्यक्तिले कुन दि-शामा धनसम्पत्ती राख्दा फलिफाप हुन्छ त ! जान्नै पर्ने यी कुरा । पैसा कमाउनु मात्र ठुलो कुरा होइन । कमाए अनुसार बचाउन सकिएन भने पैसा कमाउनुको कुनै अर्थ नै रहँदैन । आज राशीअनुसार घरको कुन भागमा पैसा राख्दा सम्पन्नता र समृद्धी आउँछ भन्ने बारेमा चर्चा गर्दै छाैँ:-

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):- घरको पश्चिम दि-शामा धन राख्नु उत्तम मानिन्छ । धन राखेको ठाउँमा फलामको औँठी राख्नुका साथै साँझको समयमा धनको लेनदेन गर्नु एकदमै राम्रो मानिन्छ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):- घरको पूर्व दिशामा राख्नुपर्छ । धन राखेको ठाउँमा सुन वा पित्तलको केहि बस्नु राख्नुपर्छ । साँझको समयमा धनको लेनदेन नगर्नुस्।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा):- घरको उत्तर दि-शामा धन राख्नुहोस् । तामाको केहि बस्तुहरु धन भएको ठाउँमा राख्नुहोस् र मंगलबार धनको लेनदेन नगर्नुस् ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो):- घरको पूर्व–दक्षिण दिशामा धन राख्नु राम्रो हुन्छ । धन राखेको ठाउँको चाँदीको केहि वस्तु राखिदिनुहोस् । धन राखेको ठाउँमा कुनैपनि कालो सामान नराख्नुहोस्।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):-  घरको पूर्व दि-शा छेउमा धन राख्ने ठाउँ बनाउनुहोस् । धन राखेको ठाउँमा काँसको केहि वस्तु राख्नुहोस्

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो):- घरको दक्षिण–पश्चिम दिशामा धन राख्नु उत्तम हुन्छ । उक्त स्थानमा कोही चाँदी वा जस्ताको वस्तु राख्नुहोस् । धन राखेको ठाउँमा उज्यालोको उत्तम व्यवस्था हुनुपर्छ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते):- घरको दक्षिण दिशामा धन राख्ने ठाउँ बनाउनुहोस् । धन राखेका स्थानमा रातो कपडा वा तामाको कुनै वस्तु नबिर्सिएर राख्नुहोस्। धनलाई उज्यालो हुनेगरी राख्नुहोस्।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू):- घरको उत्तर–पश्चिम दिशामा धन राख्नुहोस् । सो ठाउँमा हरियो कपडाले बेरेर हरियो खानेसुप राखिदिनुस् र यो सुपलाई हरेक महिना परिवर्तन गरिदिनुस्।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे):- धन राख्ने ठाउँ घरको दक्षिण–पूर्व दिशामा भए एकदमै राम्रो हुन्छ । धन राखेको ठाउँ सेतो कपडाले बाँधेर एउटा चाँदीको सिक्का राख्नुहोस्।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी):- धन राख्ने ठाउँ उत्तर दिशामा बनाउनुहोस् । धन राख्ने स्थानमा कुबेरका सानो तस्बिर राख्नुहोस् । धन राखेको ठाउँमा भुलेर पनि सुन नराख्नुहोस्।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा):- धन राख्ने ठाउँ पूर्व दिशामा भएको उत्तम हुन्छ। उक्त ठाउँमा पहेँलो कपडामा सुन वा पित्तलका कुनै वस्तु राख्नुहोस् । बिहानको समयमा धनको लेनदेन नगर्नुहोस् ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):- घरको पश्चिम दिशामा धन राख्नु उत्तम मानिन्छ । सो स्थानमा फलामको केही वस्तु वा फलामको सिक्का राख्नुपर्छ । धन राख्ने स्थानलाई व्यवस्थित राख्नुहोस्।

Comment