Tuesday, August 3

सुत्केरी बेथा लागेकी एक महिलालाई नेपाली सेनाले उद्धार गरेको छ ।सलाम छ नेपाली सेनालाई।<>

July 5, 2021 287

Sapana Sanjal : चौँरीगोठमा सुत्केरी बेथा लागेकी एक महिलालाई नेपा

गोसाइँकुण्ड धार्मिक मार्गअन्तर्गत चोलाङ्पाटीस्थित गोठबाट गोसाइँकुण्ड गाउँपालिका वडा नं ५ ठूलोस्याफ्रु निवासी ३२ वर्षीया बिबिरानी तामाङलाई लाङ्टाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना विष्णु दल गणले स्ट्रेचरमा बो’के’र उद्धार गरी रसुवा अस्पताल धुञ्चे पुर्‍याएको हो ।

छट्पटीमा परेकी दिदीलाई अस्पताल लाने जनशक्ति नभएपछि उनका भाइ रेञ्जेनले चन्दनबारीस्थित नेपाली सेनाको पोष्टसँग सहयोग मागेका थिए । जङ्गलमा छट्पटीको सूचना पाउँदा करीब १० सैनिक परिचालन गरी तत्काल अस्पताल पुर्याइएको सेनाले जनाएको छ ।

सैनिकले अस्पताल पुर्याएको केही समय उपचारपछि बालिकाको जन्म भएको र आमा तथा शिशुको स्वास्थ्यावस्थामा सुधार भएको जिल्ला अस्पतालका सिनियर अनमी हिमालय भट्टले जानकारी दिइन ।

ली सेनाले उद्धार गरेको छ ।

Comment