Tuesday, August 3

बुद्ध धर्ममा मृत्यु अनित्य

July 4, 2021 226

Sapana Sanjal : यहाँ मृत्यु अनित्यको विषयमा चर्चा गर्न चाहन्छु। हाम्रो जीवन अनित्य छ किनकि संस्कारले बनिएको हुनाले यो संसारमा भएको सबै चिज वस्तु अनित्य छ ।

नाश भएर जान्छ। संस्कारको अर्थ यस्तो हो कि एउटाको कारणले अर्को बनिन्छ जस्तै अध्यारोको कारणले उज्यालो ईत्यादी संस्कारले बनिएको जे जति छ त्यो सबै नाश भएर जानू प्राकृतिक स्वभाव हो। यो अनित्य हो यो बिनाशित हो।

यो संसार भित्र भएको प्राणीहरु पनि सबै नाश भएर जाने छ । अहिले छ भरे हुन सक्दैन भरे हुन सक्छ भोलि हुन सक्दैन बर्ष कालको ईन्द्र ऋतु जस्तै परिबर्तन भएर जान्छ।

खोल नाला ठूलो-ठूलो पहाड महासागरहरु पनि एक दिन नाश भएर जानेछ। ठुला ठुला शक्तिशालि महापुरुषहरु पनि आगोले नडड्ने हावा तुफानले नउडाउने पानीले नबगाउने धर्तीले नथिच्ने आर्थत (स र छ्यु र मे र लुङ ) को ग्रहले पनि कुनै दास गर्न नसकिने त्यस्ता महानपुरुषहरु पनि एकदिन यो संसारिक जीवन त्यागेर जानू पर्ने हुन्छ ।

अघिपछि मात्र हो हामीहरु पनि आज भोलि या भोलि कुनै एक दिन यो संसारलाई छोडेर जानुपर्ने दिन आईपुग्छ। तर पनि हामीहरु कहिले मर्दैन जस्तो सोचेर नराम्रो काममा जीवन बर्बाद गर्छौं ।

हामी जीवनमा रातदिन ठन्डी गर्मी नभनी पशुले भन्दा पनि दुस्ख गर्छौ तर जीवनमा चाहेको जस्तो ईच्छा पुरा कहिले पनि हुदैनन् । गनेर गन्न नसकिने धनसम्पत्ति भए पनि ठुलाठुला किताब पढेर विद्वान भए पनि हजारौं देशमा नाम फैलिएर धिकार भए पनि बिश्व कै राजा भएपनि धेरै विध्वान भएर लाखौं मान्छेले ढोक्ने भएपनि सत्य मृत्यु आईपुग्दा जनता, चेला, माता, पिता, मित्र र बन्धु सबै छाडेर आफ्नो आत्माले आफ्नै शरीरलाई छाडेर जानुपर्ने समय आईपुग्दा त्यतिबेला आफू मरेको र एउटा माग्ने मान्छे मरेकोमा केही फरक छैन।

त्यतिबेला यो संसारमा अरु कुनै चिजले आफुलाई सहायता गर्नु सक्दैन केबल आफुले साचेको धर्मपुण्यले मात्र सहायता गर्न सकिन्छ। विशेषगरि आफ्नो मृत्यु कहिले र कहाँ हुन्छ भन्ने हामीलाई थाहा हुदैन्, जस्तै:

क) कोहि आमाको कोखमै मर्छन्

ख) कोहि जन्मन साथ् मर्छन्

ग) कोहि बामे सर्न नपाउदै मर्छन्

घ) कोहि बाल्यकालमै मर्छन्

ङ्) कोहि जवनी युवा अवस्थमै मर्छन्

छ) कोहि वृद्धा अवस्थामा मर्छन्

फेरि मृत्यु पालैसित हुन्छ भन्ने पनिनिश्चित नियम पनि छैन ।  एवं रितले सबैले मर्नु नै पर्छ। यो कलियुगमा हामीहरु मर्ने काल धेरै छ तर बाच्ने उपायहरु कम्ती छ ।

हामीहरु विभिन्न प्रकारले मर्न सक्छ जस्तै बहिरी रुपमा हो भने चार तत्व – “आगोले जलेर मर्ने, पानीमा डुबेर मर्ने, पहिरोले थेचेर मर्ने, हावा तुफानको कारणले आफ्नो शत्रुले मार्ने, बाघभालु हिंसाक जनावरहरुले मार्ने, रुप शरीर नभएको आत्मा मात्र भएको वायुमा हिड्ने ग्रह भुतप्रेतको वादाले मर्ने ईत्यादी । हाम्रो दिन बलियो छैन भने यस्तो ग्रहहरुले सताउछ। यसरी यी बिबिध प्रकारका दशग्रहहरुले गर्दा हाम्रो मृत्यु कहिले र कहाँ हुन्छ भनेर निश्चित नियम छैन।

हाम्रो आयु लामो भएपनि हामी आयु नसकीकन पनि मर्न सक्छ जस्तै हावा बतास चलिरहेको बेला एउटा दियो बत्ती बाली राखे तेल नसके पनि हावा बतासले गर्दा त्यो दियो बत्तीलाई निभाई दिन्छ त्यसै गरी हामी पनि आयु नसकिकन नै अकालमै मृत्यु हुन सक्छ। त्यसतै हामी सबै कर्मको धिनमा भएको कारणले गर्दा हामी मर्नु पर्छ। सत्य मृत्युकाल आए हामीलाई मृत्युबाट कसैले पनि बचाउन सकिन्न।

धन सम्पत्ति करोडौं रुपैयाँ आफ्नो ईस्टमित्र साखसन्तानहरु धेरै जम्मा भएपनि हामीलाई मर्नेबाट कसैले पनि बचाउन सक्दैन। हामी मर्नु नै पर्छ। जति सुकै लाभ आर्जन गरेपनि। जति सुकै लामो सुखभोग गरे पनि। आखिरमा कुनै लुटिएकोव्यक्ति झै नाङ्गै खाली हात नै जानूपर्छ । हामी जन्मेपछि बिसौनी समय एकछिन पनि छैन।

स-सानो नानीहरु ठुलो हुँदा आमा बाबुहरु खुसी हुन्छन् तर आयु सकेको थाहा हुदैनन् । जस्तै एउटा अपराधीलाई मृत्यु फाँसी दिनु लादा एक-एक पाइला सार्दा मर्ने समय नजिक नजिक हुँदै जान्छ त्यसतै जन्मेपछि मर्नुपर्ने भेटेपछि छुट्नु पर्ने यो संसारको स्वभाव रितिरिवज हो ।

हामी चाहे या नचाहे पनि यही रितिरिवाज अनुसार वास्तबिकतामा चल्नुपर्ने बाध्यता छ किनभने यो कसैले बनाएको होइन यो बास्तबिक हो। धेरै कठिनाईहरु झेलेर प्राप्त भएको अन्नले पोशीत गरिएको र कपडाले ढाकिएको यो शरीर सितै जादैन् ।

मृत्युपछि चरा र कुकुरहरूले खान्छन् त्यसलाई । दन् दन्ती बलेको आगोले जलेर सखाप हुन्छ। पानी भित्र सड्छ वा जमिनमा गाडिन्छ।यो संसारमा यस्तै छ यसरी हामी सबै एकदिन मर्नु नै पर्नेरहेछ भन्ने कुरालाई बुजेर आफ्नो शरीर जे जस्तो ठाउँमा भएपनि आफ्नो मन चाहिँ सधै धर्म अथवा राम्रो कर्म माथी राख्नु सक्नुपर्छ। शास्ता बुद्धले भन्नु भएको छकि बिचार मध्येमा पनि अनित्य बिचार सबै भन्दा उत्तम बिचार हो। यसरी मृत्युको मदलबलाई आफ्नो मनमा राखी दैनिक अनित्य भावना गरौं ।

Comment