Tuesday, August 3

चीन पुग्ने पहिलो नेपाली बौद्ध धर्मका विद्धान, इतिहासले बिर्सिएको एक पात्रः बुद्धभद्र

July 4, 2021 114

Sapana Sanjal : चिनियाँ बौद्ध धर्मसम्बन्धि जति ज्ञाता नेपाल आउने गर्छन्, उनीहरू प्रायःले बुद्धभद्र’दयगत चर्चा गर्ने गर्छन् । छैटौं शताब्दीमा चिनियाँ बौद्ध भिक्षुहरूको जीवनलाई समेटिएको एउटा पुस्तक तयार गरिएको थियो । त्यसको नाम थियो, गाओ सेङ चुआन । यसको अर्थ हुन्छ, प्रमुख बौद्ध भिक्षुहरूको जीवन । यसमा बुद्धभद्रको जीवनी पनि उल्लेख छ । चिनियाँहरू उनलाई आफ्नो भाषामा च्वेस्यान भन्दा रहेछन् ।

त्यसै पुस्तकमा बुद्धभद्र’bout भनिएको छ, उनी कपिलवस्तुमा जन्मेका हुन् । अझ उनी शाक्यवंशी राजा अमृतोदानका वंशज भनिएको छ । अमृतोदान गौत्तम बुद्धका नातेदार हुन् । पाँचौंं शताब्दीमा उनी चीन पुगेका थिए । यी सबै विवरणपछि इतिहासकार विजयनारायण मानन्धरको ठहर छ, सम्भवतः बुद्धभद्र चीन पुग्न पहिलो नेपाली हुन् । त्यसो त उनको समयमा अहिलेको आधुनिक नेपाल थिएन नै । तर बुद्धभद्र जहाँ जन्मे, त्यो अहिलेको आधुनिक नेपालमा पर्छ । मानन्धरलाई दुःख केमा छ भने बुद्धभद्र’bout जति चर्चा हुनुपर्ने हो, त्यति भएको छैन ।

नेपाली इतिहासवृत्त र बौद्ध धर्मका ज्ञातामा पनि बुद्धभद्र’bout खास जानकारी छैन । केहीले त नामै पनि सुनेका छैनन् । नेपाल र चीनबीचको पुरानो र सांस्कृतिक सम्बन्ध केलाउँदा धेरैले अरनिको र भृकुटिको नाम लिने गर्छन् । यीमध्ये पनि चिनियाँ इतिहासमा, विशेषतः चिनियाँ बौद्ध धर्ममा बुद्धभद्रको योगदान अझ धेरै छ । खालि समस्या के हो भने उनी’bout अझ धेरै अनुसन्धान हुन सकेको छैन । व्यक्तिगत प्रयासमा मानन्धरसँगै अर्का इतिहासकार शंकर थापा र मीनबहादुर शाक्यले केही अनुसन्धान गरेका छन् र जति तथ्य बाहिर आएका छन्, ती उत्तिकै रोमाञ्चक छन् ।

सुरुमा केही विद्वान्ले बुद्धभद्र भारतीय हुन् भनेर दाबी गरेका थिए । अझै भारतीय हुन् भन्ने पनि छन् । त्यसमा जवाहरलाल नेहरू पनि थिए । एकै समय कालमा चीनमा दुई बुद्धभद्र भएको हुँदा यस्तो अन्योल भएको मानिन्छ । भारतीय मूलका बुद्धभद्रले चीनको पारम्परिक मार्सल आर्ट्स सुरु गर्न मद्दत गरेका थिए । अर्को बुद्धभद्रको जन्म कपिलवस्तुमा भएको र त्यस अर्थमा उनी नेपालको भएको लेख्ने पहिलो विद्वान् सुकुमार सेन थिए ।

उनी भारतको प्राचीन इतिहासका ज्ञाता हुन् । गाओ सेङ चुआन मा उल्लेख भएअनुसार बुद्धभद्रले १७ वर्षको उमेरमा बौद्ध धर्ममा दीक्षा प्राप्त गरे । भिक्षु बनेपछि उनी कश्मीर गए र त्यहाँ बुद्धसेनबाट शिक्षा प्राप्त गरे । त्यहाँ रहने क्रममा ध्यानको अध्ययन र अभ्यास गरे । आफूले प्राप्त गरेको ज्ञानको उनले अध्यापन पनि गरे । विनय पालनमा उनी अग्रज थिए । सन् ४०९ मा उनी चीनको छाङ आन पुगे ।

आफ्नो समय कालमै बुद्धभद्र निकै प्रसिद्ध भइसकेका थिए । उनले गरेको धर्म देशना र संस्कृत बौद्ध धर्म ग्रन्थको चिनियाँ भाषामा गरेको अनुवादका कारण चीनमा बौद्ध धर्ममा ठूलो परिवर्तन आयो । बुद्धभद्र सन् ४२९ सम्म चीनमा रहे । चीनमा ध्यान परम्पराको सुरुआत बुद्धभद्रबाट भएको मानिन्छ । पछि उनका अनुयायीले यसलाई अगाडि बढाए ।

बुद्धभद्रको समयमा कश्मीर बौद्ध धर्मको केन्द्र बनेको थियो । चीनमा भने माथिल्लो दर्जाका भिक्षु थिएनन्, त्यसैले बुद्धभद्रलाई निम्तो दिइएको थियो । सन् ४०६ मा बुद्धभद्र कश्मीरबाट चीनतर्फ लागे । तीन वर्षको कठिन यात्रामा उनले त्यस समयका छ देश पार गर्नुपरेको थियो । उनको आगमनसँगै चीनमा सर्वास्तीवादी ध्यान परम्परा बस्यो ।

फाहियान बुद्धभद्रका समकालीन हुन् । चौथो शताब्दीको अन्त्यतिर बौद्ध धर्म दर्शनको अध्ययनका लागि फाहियान मध्यएसियाका दुश्कर मार्गहरू पार गर्दै भारत पुगेका थिए । पाँचौं शताब्दीको सुरुमा उनी कपिलवस्तु र लुम्बिनी पनि पुगे । सत्यमोहन जोशीको पुस्तक कलाकार अरनिको का अनुसार, सम्भवतः नेपाल पुग्ने पहिलो चिनियाँ फाहियान थिए ।

पछि फाहियान र बुद्धभद्रको भेट नानचिङमा भयो । दुवै मिलेर संस्कृतमा लेखिएका बौद्ध धर्मका ग्रन्थ उनीहरूले अनुवाद गरे, जसमध्ये महापरिनिर्वाण सूत्र प्रमुख हो । यसपछि नै हो, बुद्धभद्रले दुई दशक लगाएर चीनमा ध्यानको चान सम्प्रदाय स्थापना गरेको । अहिले पनि चिनियाँ बौद्ध भिक्षुहरू बुद्धभद्रको नाम उत्तिकै श्रद्धाभावले लिने गर्छन् । चीनमै रहँदा बुद्धभद्रको अर्का बौद्ध विद्वान् कुमारजीवसँग मनमुटाव भएको इतिहास पनि छ ।

जोशीले पनि बुद्धभद्रको प्रसङ्ग राम्रै उठाएका छन् । नेपाल र चीनबीचको राजनीतिक सम्बन्ध सातौंं शताब्दीमा आएर स्थापना भएको मानिन्छ, जुन आफैंमा पुरानो छ । त्यसको पनि दुई दशकअगाडि नै दुई देशबीच सांस्कृतिक सम्बन्ध स्थापना भइसकेको थियो, यो आफैंमा मौलिक र विशिष्ट रहेको मान्छन्, बौद्ध धर्म’bout धेरै पुस्तक लेखिसकेका थापा ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय इतिहास विभागका प्रमुख मानन्धरको के अनुमान छ भने सम्भवतः बुद्धभद्र’bout उल्लेख गर्ने पहिलो लेखक निरञ्जन भट्टराई थिए । उनले २०१५ मा निस्केको आफ्नो पुस्तक नेपाल चीन सम्बन्ध मा बुद्धभद्रको प्रसङ्ग निकालेका छन् । भट्टाराईले नाम त उल्लेख गरे, तर त्यस’bout खासै अनुसन्धान भने गरेका थिएनन् । त्यसमा स्रोतको ठूलो अभाव थियो ।

सन् १९७० तिर चिनियाँ इतिहास र भाषाका ज्ञाता जर्मन विद्वान् एरिक जुरचरले बुद्धभद्र’bout गहन अध्ययन गरेका थिए । उनको पनि निचोड छ, बुद्धभद्र नेपालकै हुन् । बुद्धभद्रको चिहान अझै चीनमा छ । जुरचरले नै पछि बुद्धभद्र’bout मानन्धरलाई बताएका हुन् । त्यसपछि नेपाल चीन सम्बन्धका ज्ञाता पनि रहेका मानन्धरले यस’bout आफ्नो व्यक्तिगत प्रयासमा अनुसन्धान सुरु गरे ।

अर्का विद्वान् शाक्यले पनि चिनियाँ स्रोतको आधारमा अंग्रेजीमा नेपलिज बुद्धिस्ट मास्टर बुद्धभद्र लेखे, सन् २००९ मा आएर मात्र । अहिलेसम्म बुद्धभद्र’bout किन गतिलो अनुसन्धान हुन सकेन त रु प्राध्यापकद्वयको भनाइ छ, अहिलेसम्म बुद्धभद्र’bout जति अनुसन्धान भयो, ती व्यक्तिगत रहे, संस्थागत रूपमा केही भएको छैन । नेपाली इतिहासकारको यसतर्फ ध्यान पनि गएको छैन ।

यसको एक प्रमुख कारण चिनियाँ भाषाको ज्ञान नहुनु ठूलो समस्या बनेको छ । नेपालमा बौद्ध इतिहास’bout पनि खासै ठूलो खोजी हुन सकेको छैन । यसमा लाग्ने नै छैन भने पनि हुन्छ । विद्वत् परम्परामै ह्रास आउने ठूलो कारण हो, थापा सरासर आरोप लगाउँछन् । उनलाई कतिसम्म जानकारी छ भने चीनमा भने केहीले बुद्धभद्र’bout विद्यावारिधिको थेसिस लेखेका छन् ।

मानन्धरले के पनि खुलासा गरेका छन् भने बुद्धभद्रको समयमा अरू धेरै नेपाली पनि चीन गएका पाइन्छ, बौद्ध धर्मको अध्ययन, अध्यापन र प्रचारका लागि । त्यति बेला धर्मका जिज्ञासुहरू चीनबाट नेपाल भएर भारत जाने र भारतबाट नेपाल भएर चीन जाने धेरै थिए । तीमध्ये बुद्धभद्र सबैभन्दा ठूला नाम हुन् । उनी’bout थप अनुसन्धान भए, नेपाल चीन सम्बन्धमा अर्को कोसेढुंगा पात्र थपिने निश्चित छ । (हिमेशरत्न बज्राचार्यद्वारा कान्तिपुर दैनिकमा प्रकाशित)

Comment