Wednesday, September 22

सानो नाकको डण्डीफोर नि च र्दा यस्तो भयो अनुहार

April 25, 2021 152

Sapana Sanjal : काठमाडौ ।

फिलिपिन्सकी एक किशोरी मेरी यान रेगा चोले नाकमा आएको डण्डीफोर नि चो रेपछि अहिले उनको अनुहार सु न्नि एर बेलून जस्तै भएको छ ।

नाकको छेउमा आएको सानो डण्डीफोर नि चो रे पछि सुन्निँदै गएको र अनुहारभरि फैलिँदै गएको हो । र अहिले आँखा समेत हेर्न गाह्रो परेको छ ।

मेरीको नाकमा डण्डीफोर लामो समयदेखि थियो र उनले हर्मोनका कारण त्यसो भएको ठानिन् । पोहोर सालमा मात्र उनले छोरो जन्माएकी थिइन् । गर्भवती भएपछि छालामा समस्या आउने उनलाई थाहा थियो ।

अति नै भएपछि उनले डण्डीफोर नि चो रिन् । त्यसको केही दिनपछि उनलाई अलिअलि दुख्न थाल्यो र बिस्तारै दुखाइ बढ्दै गयो र अनुहार सुन्निन थाल्यो । उनले यसलाई रोक्न आयुर्वेदिक उपचार गरिन् तर त्यसको कुनै असर परेन ।

उनका श्रीमान “अल्बर्ट सालेस” छिमेकीको घरमा पार्टटाइम काम गर्छन् । उनीहरूको कमाइ थोरै भएकाले स्वास्थ्य उपचार गराउन सकिरहेका छैनन् ।

जिन्दगीभरि सुन्निएको अनुहार लिएर बस्नुपर्ने भयो भनी रेगाचोले पीर मानेकी छन् । डेकिमेल ले सार्वजनिक गरेको उनको भिडियो ।

यो पनि : अब सञ्चय कोषको कारोबारको तत्काल जानकारी पाइने

काठमाडौँ । सञ्चयकर्ताले अबदेखि कोषमा दाखिला भएको रकमबारे तत्काल नै जानकारी पाउने भएका छन् । कोषमा रकम जम्मा भए नभएको नै जानकारी नपाइरहेका सञ्चयकर्ताका लागि वास्तविक समयमा नै जानकारी दिनेगरी महालेखा नियन्त्रक कार्यालय र कर्मचारी सञ्चय कोषले संयुक्त रूपमा नयाँ विद्युतीय सरकारी लेखा प्रणालीको सुरु गरेका हुन् ।

यस प्रणालीमार्फत नेपाल सरकार तथा सातै प्रदेश सरकारका निकायहरूमा कार्यरत कर्मचारीको कारोबारको वास्तविक समयमा नै व्यक्तिगत खातामा विद्युतीय माध्यमबाट लेखाङ्कन हुनेछ ।

यसबाट सञ्चयकर्ताले सञ्चय कोष, निवृत्तभरण कोष तथा कर्मचारी सञ्चय कोष सापटी भुक्तानी रकम कारोबारको वास्तविक समयमा जानकारी पाउन सक्नेछन् ।

प्रणालीको कार्यान्वयनबाट कारोबारको सञ्चय कोष, निवृत्तिभरण कोष तथा सापटी भुक्तानी हुने भएकाले सञ्चय कोष रकम व्यक्तिगत खातामा जम्मा नहुने र हराउने, दोहोरो प्रविष्ट हुने, घटी बढी दाखिला हुने तथा एकै व्यक्तिका धेरैवटा खाता रहनेलगायतका समस्या समाधान हुने अपेक्षा गरिएको छ ।

प्रणालीको बुधबार आयोजित एक कार्यक्रममा अर्थ मन्त्रालयका राजस्व सचिव तथा कर्मचारी सञ्चय कोषका अध्यक्ष रामशरण पुडासैनी तथा महालेखा नियन्त्रक मधुकुमार मरासिनीले संयुक्त रूपमा शुभारम्भ गरेका थिए ।

Comment