Thursday, August 5

घाँस काटेर घर फर्कने क्रममा भीरबाट लडेर १२ वर्षीया जयन्तीको मृत्यु

July 2, 2021 201

Sapana Sanjal : दोलखा, १८ असार – बिगु गाउँपालिका-८ थामीचाँगु बस्ने टल्के थामीकी छोरी १२ वर्षीया जयन्ती थामीको सोही ठाउँस्थित ओडारे भीरबाट लडेर बिहीबार साँझ मृत्यु भएको छ ।

बलस्याँपु ओडारे जंगलमा घाँस काटेर घर फर्कनेक्रममा उक्त भीरबाट करिब २५ मिटर तल खसेर गम्भीर घाइते भएकी उनको बिगु स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो पनि, समयमा सकिँदैनन् ठूला विकासे आयोजना- चार वर्षअघि कञ्चनपुरको पूर्वी क्षेत्र डोकेबजारदेखि बेदकोट नगरपालिकाको दैजीसम्मको हुलाकी सडक निर्माण आरम्भ भयो । यहाँको दक्षिण क्षेत्रका नागरिकको यातायात सुविधामा सहजता आउने आशासहित उक्त ६२ किलोमिटर हुलाकी सडकको निर्माण तोकिएको समय सकिँदा पनि ५० प्रतिशतमै सीमित छ । रु एक अर्ब १२ करोड लागत रहेको सडक निर्माण तीन प्याकेजमा ठेक्का दिइएको भए पनि निर्माण व्यसायीको ढिलासुस्ती र बीचमा कोरोना भाइरस सङ्क्रमणका कारण ढिलाइ भएको हो ।

हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका इन्जिनीयर पदमबहादुर मडैले हालसम्म तीनवटै प्याकेजमा गरी ३२ किलोमिटर सडक कालोपत्र भएको जानकारी दिनुभयो । “हामीले अहिलेसम्म तीनपटक म्याद थप भइसकेको छ”, इन्जिनीयर मडैले भन्नु्भयो, “अहिले पहिलो र तेस्रो प्याकेजको म्याद माघ महिना र दोस्रो प्याकेजको म्याद गत जेठमा सकिएको अवस्था छ ।”

त्यसैगरी उक्त योजनाअन्तर्गत स-साना पुल निर्माणको ठेक्का गर्न बाँकी छ भने गत वर्ष र चालु आवमा कालोपत्र गर्ने समय ¬(वैशाख र जेठ) मा लकडाउन हुँदा काम गर्न नसकिएको हो । इन्जिनीयर मडैले आगामी आवभित्र सडक निर्माणको काम सकिने जानकारी दिनुभयो । तीस महिनाको समयावधि दिएर काम थालिए पनि काम गर्न ढिलाइ भएकाले निर्माण कम्पनीको भुक्तानीसमेत रोकिएको अवस्था छ ।

त्यसैगरी कञ्चनपुर र कैलालीका केही भू–भागलाई सिँचाइ सुविधा पु¥याउने लक्ष्यसहित एक दशकअघि शुरु गरिएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कार्यप्रगति पनि सन्तोषजनक छैन । चौध किलोमिटरदेखि २५ किलोमिटरको भागमा मूल नहर निर्माणका लागि ठेक्का दिइएको सिँचाइ आयोजनाले लामो समय मुआब्जा विवाद र रूख कटानको झमेलाबाट मुक्त हुन सकेन ।

आयोजनाको कार्यालयले काम गर्ने स्थल उपलब्ध गराउन नसक्दा मूल नहरअन्तर्गत अन्य संरचना बनाएर बस्नुको विकल्प नरहेको निर्माण व्यवसायीको दुःखेसो छ । कञ्चनपुरको ब्रह्मदेवदेखि कैलालीको मालाखेतीसम्म १५१ किलोमिटर नहर निर्माणसहित अघि बढेको आयोजनाअन्तर्गत हालसम्म १३ किलोमिटर मूल नहर मात्रै निर्माण सकिएको छ ।

हाल १५ किलोमिटर मूल नहर निर्माणाधीन अवस्थामा रहेको आयोजनाले जनाएको छ । “पन्ध्र किलोमिटर नहर खन्ने काम नभए पनि अरू निर्माण भने यो बीचमा भए”, महाकाली सिँचाइ आयोजना तेस्रो चरणका निर्देशक रणबहादुर बमले भन्नुभयो, “धेरै समय खर्चेर वनको रूख कटान र ऐलानी जग्गाको क्षतिपूर्तिको विषय समाधान भएको छ ।”

Comment