Thursday, August 5

त्रिशुली नदिले बगाएर एक युवक बेपत्ता

July 2, 2021 93

Sapana Sanjal : नुवाकोट, १७ असार । धादिङस्थित त्रिशुली नदीले बगाएर एक युवा बेपत्ता भएका छन् । आज बिहान माछा मार्ने गएका धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ विशाल टार बस्ने २० वर्षीय लक्ष्मण विसुराललई बगाएर बेपत्ता भएका हुन् ।

बेपत्ता युवाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए।

पहिरोले गोठ पुरियो, धादिङको ज्वालामुखी गाउँपालिका-६, पोखरेपानीमा पहिरोले जुनाराम मगरको गोठ पुरिएको छ । पहिरोले गोठ पुरिदा एउटा भैंसी, ९ ओटा बाख्रा, ९५ ओटा कुखुरा पनि पुरिएको स्थानीयले बताएका छन् ।

प्रहरी र स्थानीय मिलेर पहिरोमा पुरिएका भैंसी बाख्रा, कुखुरा निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

Comment