Saturday, September 18

आज पनि देशैभर पानी पर्ने, यि स्थानमा भारी वर्षा हुने सबै लाई सतर्क रहन मौसम बिभागको आग्रह,

July 1, 2021 146

Sapana Sanjal : आज पनि देशैभर पानी पर्ने, यि स्थानमा भारी वर्षा हुने सबै लाई सतर्क रहन मौसम बिभागको आग्रह, काठमाडौं । देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको छ । हाल देशको तराई भू–भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

वर्षा भई एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षा भईरहेको महाशाखाले उल्लेख गरेको छ। बाँकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भईरहेको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, वागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, वागमती, लुम्बिनी र गण्डकी प्रदेशका केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षा तथा थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

राती देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, वागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । भरी बर्षा को कारण जनजीवन प्रभावित हुने हुदा सबै लाई सतर्क रहन आग्रह ,

Comment