Saturday, October 16

नेपालमा आज काे-राेना संक्रमितकाे सङ्ख्या ह्वात्तै बढ्याे (कति थपिए त आज हेर्नुहाेस्)

June 30, 2021 392

Sapana Sanjal : असार १६ गते । नेपालमा आज काे-राेना संक्रमितकाे सङ्ख्या ह्वात्तै बढ्याे (कति थपिए त आज हेर्नुहाेस्) । पछिल्लो २४ घण्टामा नेपालमा थप २८ सय बढीमा को-रोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो समय देशभर फेरि संक्रमित बढ्न थालेको तथ्यांकले देखाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २८९२ जनामा संक्रमण पुष्टि भएको हो । यसअघि मंगलबार २६३६ जनामा संक्रमण पुष्टि भएको थियो । जबकी सो दिन ११ हजार ७४८ जनाको परीक्षण भएको थियो । आज भने मंगलबारको भन्दा केही कम अर्थात ११ हजार ५६८ जनामा परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा ४१ जनाको मृ-त्यु भएको छ । यस्तै सोही अवधिमा ३ हजार ५९७ जना निको भएको मन्त्रालयले जनाएको छ ।

यससँगै देशभर को-रोना संक्रमितको कुल संख्या ६ लाख ३८ हजार ८०५ (पीसीआर) र ३४ हजार ९४४ (एन्टिजेन) जना पुगेको छ । यस्तै निको हुने संख्या ५ लाख ९६ हजार १३२ पुगेको छ भने मृ-तकको संख्या ९ हजार ११२ पुगेको छ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

Comment