Saturday, October 16

काँग्रेस नेता भण्डारीले रुपन्देहीमा कार दुर्घटना हुदा गुमाए डाक्टर भाई

June 30, 2021 147

Sapana Sanjal : काठमाडौ । मंगलबार साँझ रुपन्देहीमा भएको कार दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ । दुर्घटनामा गुल्मीका डा शंकर भण्डारीको मृत्यु भएको हो । उनी नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीका भाई हुन् । रुपन्देहीको देवदह नगरपालिका १० चरङ्गेबाट बुटवलतर्फ आउँदै गर्दा लु १७ च ६०६६ नम्बरको कार दुर्घटनामा परी भण्डारीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भिर घाइते भएका डा।भण्डारीलाई उपचारका लागि अस्पताल लगिएको थियो । तर चिकित्सकले उनलाई बचाउन नसकेको लुम्बिनी प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए । भण्डारीलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी हृदयरोग तथा मुटु अस्पताल लगिएको थियो ।

भण्डारी आफैंले चलाएको कार कल्भर्डमा खसेर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । कारमा सँगै रहेका आफन्त थानेश्वर भण्डारीको अवस्था भने सामान्य रहेको छ ।

Comment