Saturday, October 16

काठमाडौंको महाराजगंजस्थित भवनमा आगलागी, ४ जना घाइते

June 30, 2021 223

Sapana Sanjal : काठमाडौं, १५ असार । महाराजगंजमा रहेको बालमैत्री अस्पतालको बन्दै गरेको नयाँ भवनमा आगलागी भएको छ । अहिले आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

आगलागी नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी, नेपाली सेनासहित बारुणयन्त्र पुगिसकेका छन् । के कारणले आगलागी भयो र क्षति कति भयो भन्ने खुलेको छैन । निर्माणाधीन भवन रहेकाले केही मजदुरहरू पनि रहेको हुनसक्ने आशंका गरिएको छ । यसबारे थप जानकारी आउँन बाकी छ ।

अपडेट: काठमाडौंको महाराजगञ्जस्थित अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालको निर्माणाधीन भवनमा आगलागी हुँदा ४ मजदूर घाइते भएका छन् । मंगलबार दिउँसो विद्युत सर्ट भई लागेको आगलागीमा परेर उनीहरु घाइते भएका हुन् ।

घाइते सबै मजदूरहरुको त्रिवि शिक्षण अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । आगलागी केही समयभित्रै प्रहरी नियन्त्रणमा लिएको थियो ।

Comment