Saturday, September 18

नुवाकोटका २२ वर्षिय युवकको प्रहरीलाई छक्क पार्ने धन्दा, दिनको ९ हजार तिरेर तारे होटलमा बनाउँथे चोरीको योजना

June 30, 2021 139

Sapana Sanjal : काठमाडौ । काठमाडौंका सहकारीहरूबाट ४३ लाख बढी नगद तथा सुनका गरगहना चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। नुवाकोट बेलकोटगढी नगरपालिका वडा नम्बर ९ घर भई जोरपाटी बस्ने २२ वर्षीय दीपक गजुरेललाई शनिबार पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए। तर अनुसन्धान गर्दै जाँदा उनको पृष्ठभूमी देखेर प्रहरी भने छक्क पर्यो ।

गत जेठ १३ गते राती काठमाडौंको मैतीदेवीस्थित एउटै घरमा रहेका २ वटा सहकारी संस्थामा लु ट पा ट भयो। मैतीदेवीको एउटै घरमा रहेका ज्येष्ठ आइडोलोजी बचत तथा ऋण सहकारी संस्थाबाट ५ लाख रुपैयाँ नगद तथा मोबाइल तथा ल्यापटप १र१ थान र गैथली बचत तथा ऋण सहकारी संस्थाबाट नगद २ लाख ५८ हजार रुपैयाँ तथा ९ तोला सुन चोरी भएको थियो।

चोरीको विषयमा २ वटै सहकारी संस्थाले प्रहरीमा उजुरी दिए। प्रहरीले अनुसन्धान पनि शुरु गर्‍यो। तर, चोरीमा संलग्न व्यक्ति भने फेला परेनन्। काठमाडौंमा त्यसअगाडि पनि विभिन्न ठाउँमा सहकारी संस्थाबाट नगदसहित धनमाल चोरी हुने गरेका उजुरी आइरहेका थिए। केही ठाउँमा भएका चोरीमा संलग्नहरु पक्राउ परेका भएपनि पछिल्लोपटक ५ वटा सहकारीमा भएको चोरीका घटनामा संलग्नहरु भने पक्राउ परेका थिएनन्।

यि युवकलाई परिसर र महानगरीय प्रहरी वृत्त सिंहदरबारको विशेष टोलीले गौशालाबाट पक्राउ गरेको थियो। उनीहरूको साथबाट सिसा का ट् ने मेसिन, मास्टर चाबी, कपडा तथा रसिदहरू बरामद भएपछि अनुसन्धानमा परे । प्रहरी उपरीक्षक बस्नेतका अनुसार गजुरेलले ४३ लाख ९७ हजार ३२६ रुपैयाँ बराबरको नगद चोरी गरेका थिए। त्यस्तै ९ तोला सुन, मोबाइल र ल्यापटप एकेक थान चोरीको आरोप छ।

उनले गत वर्ष माघ १५ गते बानेश्वरको बेबिलोन उपभोक्ता सहकारीबाट ७ लाख नगद चोरी गरेका थिए। माघ २१ गते शंखमुलको घर संसार उपभोक्ता सहकारी संस्थाबाट दुई लाख २४ हजार नगद, फागुन १३ गते गौशाला मित्रपार्कको पन्च श्री बचत तथा ऋण सहकारीबाट १४ लाख ९८ नगद, फागुन १४ गते कोटेश्वरको सिमश स्वामी बचत तथा ऋण सहकारीबाट २ लाख, चैत ४ गते बानेश्वरको सन्दुक बचत तथा ऋण सहकारीबाट १० लाख १३ हजार नगद चोरी भएको थियो।

त्यसैगरी, गत जेठ १३ गते मैतिदेवीको जेष्ठ आइडोलोजी बचत तथा ऋण सहकारीबाट ५ लाख, एउटा मोबाइल र एउटा ल्यापटप र गैथली बचत तथा ऋण सहकारी संस्थाबाट दुई लाख ५८ र ९ तोला सुन चोरी भएको थियो। यसरी श्रृंखलाबद्ध रूपमा चोरी भइरहेको भन्ने खबरपछि सिंहदरबार वृत्त र परिसरले विशेष टोली नै खटाएको थियो।

पक्राउ परेका गजुरेल कुनै फ्ल्याट भाडा लिएर वा घर भाडामा लिएर बस्दैनथे । उनी ठमेलको २ तारे होटलको भीआईपी रूममा दैनिक ९ हजार रुपैयाँ भाडा तिरेर बस्ने गरेको पाइएको छ । त्यही होटलको कोठामा बसेर सहकारीहरूमा चोरीको योजना बनाउने गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । दैनिक त्यहीँबाट अनामनगरमा रहेको अफिस जानेरआउने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

उनको काठमाडौंका केही बैंकमा खाता पनि छन् । जसमा डलर खाता पनि खोलेको देखिएको प्रहरीले जनाएको छ । डलर खातावाट उनले नेपाल वाहिर पनि पैसा पठाएको देखिएको छ ।

Comment