Tuesday, August 3

होसियार ! नेपालमा काे-राेनाकाे नक्कली खाेप बिक्री वितरण गरेकाे पाइन थाल्यो

June 29, 2021 100

Sapana Sanjal : होसियार ! नेपालमा काे-राेनाकाे नक्कली खाेप बिक्री वितरण गरेकाे पाइन थाल्यो  । नेपालमा अहिले सबै को-रोना बिरुद्धको खोपको प्रतिक्षामा छन् । कोभिशिल्डको पहिलो मात्रा लगाएकाहरु दोश्रो मात्राको प्रतिक्षामा छन् ।

यही अभावको मौका छोपेर को-रोना बिरुद्धको खोप कोभिशिल्ड भन्दै लुकीछिपी नेपालमा नक्कली खोप बेचिँदै आएको पाइएको छ । कोभिशिल्ड भन्दै लुकाएर बिक्री हुने गरेको नक्कली खोपबारे खोज गरेर तत्काल छानविन गर्न राष्ट्रिय उपभोक्ता मञ्च ध्यान आर्कषण गराएको छ ।

मञ्चले आफुलाई सूचना प्राप्त भएको भन्दै विज्ञप्ती मार्फत सरकारको ध्यानाकर्षण गराएको छ । मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले विज्ञप्ति निकालेरै पूर्वी नाकाहरुबाट काठमाडौं लगायतका शहरी क्षेत्रहरुमा ल्याइ अ -बै -ध रुपमा कोविशिल्डको खोप भन्दै लुकी छिपी ३ हजार देखि ५ हजार सम्ममा बिक्रि बितरण भइरहेको गोप्य सूचना केही चिकित्सकहरुले दिएको उल्लेख गर्नुभएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सरकार संयन्त्रबाट नै खोप गायव भएको समाचार र भारतको बंगालमा नक्कली कोविशिल्डको बजारमा बिक्रि भई रहेको समाचारलाई बिश्लेषण गर्दा यस्मा सरकारको सक्रियता र सजगतामा कमि देखिएकोछ ।’

उनले जनताको जनस्वास्थ्य माथि खेल–वा-ड गर्दै यस्तो गम्भिर प्रकृतिको कृयाकलापको सम्बन्धमा ध्यानाकर्षण गर्दै तत्काल यस विषयमा छानविन गरी दो -षी लाई क-डा का-रबाहीको माग गरेका छन् ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

Comment