Tuesday, June 22

पुर्व राजपरिवारमा संक्रमितको संख्या बढ्यो, पूर्वअधिराजकुमारी प्रेरणा पनि संक्रमित

April 24, 2021 182

Sapana Sanjal : काठमाडौ ।

पुर्व राजपरिवारमा कोरोना संक्रमित हुनेको संख्या थपिएको छ । स्वास्थ्यमा समस्या आएपछि पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती अस्पताल भर्ना गरिएको छ ।
पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंहलाई पनि कोरोना पुष्टि भएको छ। कोरोना पुष्टि भएसँगै उनीलाई पनि थापाथलीस्थिति नर्भिक अस्पतालमा भर्ना गरिएको छ।

पूर्वराजा ज्ञानेद्र शाह, पूर्वरानी र प्रेरणासँगै अस्पताल भर्ना भएका हुन्। भारतवाट फर्किएका उनीहरुलाई कोरोना पुष्टि भएको थियो ।

कोरोना पुष्टि पछि घरमै आइसोलेसनमा बसेका उनीहरुलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो । परिवारका अन्य सदस्यलाई पनि गरिएको परिक्षणका क्रममा प्रेरणालाई पनि कोरोना पुष्टि भएको हो ।
पूर्वराजा रानीलाई स्वास्थ्यमा समस्या भएर अस्पताल भर्ना गरिदा प्रेरणा पनि अस्पतामा भर्ना छन् । भारतको कुम्भ भेलामा सहभागी भएर आएका ज्ञानेन्द्र शाह र कोमल शाहलाई कोरोना देखिएको थियो।

कोरोना पुष्टिपछि निर्मल निवासमै आइसोलेसनमा रहेका शाह दम्पतीको स्वास्थ्यमा समस्या देखिन थालेपछि आज दिउँसो १ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो।

अस्पतालमा सहज हुने भएकाले पूर्व राजा र रानी र पूर्वअधिराजकुमारी प्रेरणालाई पनि नर्भिक अस्पताल भर्ना गरिएको संवाद सचिव फणि पाठकले बताए। शाह दम्पतीलाई बैशाख ७ गते कोरोना पुष्टि भएको थियो भने प्रेरणालाई शनिवार कोरोना पुष्टि भएको हो ।

Comment