Saturday, October 16

ओलीले भने– माधव नेपाल प्रचण्डका पुच्छर हुन्, प्रधानमन्त्री प्रस्ताव गर्न मलाई बाैलाहा कुकुरले टोकेको छ र ?

June 28, 2021 180

Sapana Sanjal : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता माधवकुमार नेपालमाथि अशोभनीय टिप्पणी गरेका छन् ।

७० औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल, प्रचण्डको पुच्छर भएको टिप्पणी गरेका हुन् ।

यसअघि आफूले माधव नेपाल प्रचण्डको मामूली कार्यकर्ता हुन् भनेको स्मरण गर्दै उनले भने, ‘धाक के लगाएर हिंडेका छन् भने केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राख्यो ! मलाई बाैलाहा कुकुरले टोकेको छ र ?

उनले अघि भने, ‘अरु कोही नपाएर यस्ता मान्छेलाई प्रधानमन्त्री प्रस्ताव केपी ओलीले राख्ला ?’

ओलीले एमाले नेता माधव नेपाललाई लाजसरम पचेको मान्छे भनेर टिप्पणी समेत गरेका छन् । उनले भनेका छन्, ‘माधव नेपाल भन्ने एक जना कांग्रेसको पछाडि कुद्ने मान्छे छन्, नेपालको राजनीतिमा सबैले चिन्छन् प्राय: । किनभने असाध्यै चर्चा भइराख्या छ । यतिसम्म पनि मान्छे पतन हुन सक्दोरहेछ । कम्युनिष्टको सरकार ढाल्ने, प्रमुख प्रतिपक्षको नेतृत्वमा सरकार बनाउने, कम्युनिष्ट आन्दोलन सिध्याउने, अर्कोतिर लागिसक्ने अनि नेकपा एमालेको वरिष्ठ नेता हुँ भनेर भन्ने । यस्तो लाजसरम पचेको मान्छेको चर्चा सकारात्मक हिसाबले मात्र होइन नकारात्मक हिसाबले पनि त हुन्छ ।’

Comment