Tuesday, August 3

खुशीको खबर, अब छोरी जन्मे ५ हजार रुपैयाँ पाइने

June 28, 2021 123

Sapana Sanjal : पूर्वी नवलपरासी-हुप्सेकोट गाउँपालिकाले छोरी जन्मे ५ हजार रुपैयाँ दिने भएको छ । अर्को वर्षदेखि लागू हुने गरी उक्त गाउपालिकाले छोरी जन्मे खातामा ५ हजार रुपैयाँ दिने घोषणा गरेको हो ।गाउँपालिका अध्यक्षमा लक्ष्मी पाण्डे र उपाध्यक्षमा स्वतन्त्र कोपिला मल्ल गरी दुवै जना महिला छन् ।

छोरी जन्मिए जन्मदर्ताका आधारमा बैंक खाता खोलेर तत्काल ५ हजार रुपैयाँ जम्मा हुने व्यवस्था मिलाइएको अध्यक्ष पाण्डेले बताइन् । यसका लागी ६ लाख बजेट विनियोजन गरिएको छ ।

यसलाई छोरीको सुनौलो भविश्य कार्यक्रम नाम दिइएको छ । गाउँपालिकाले गत वर्षदेखि नै प्रतिसुत्केरी ५ हजार नगद पोषणबापत दिँदै आएको छ । त्यस्तै दूध बेच्ने किसानलाई प्रतिलिटर ५ रुपैयाँ अनुदान थप्ने गाउँपालिकाले जनाएको छ ।

यो पनि पढ्नु होस

डोटीमा निषेधाज्ञा उल्लङ्घन गर्नेबाट एक लाख जरिवाना असुल

कोरोना महामारीका कारण जिल्लाभरिमा गरिएको निषेधाज्ञाको समयमा निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्ति र सवारी साधनबाट प्रहरीले रु एक लाख २८ हजार ६०० जरिवाना गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गत वैशाखदेखि हालसम्म निषेधाज्ञाको पालना नगर्ने ४६ व्यक्ति, दुई मोटरसाइकल तथा २४ चारपाङ्ग्रे सवारी साधनलाई कारबाही गरी उक्त जरिवाना असुल गरिएको हो ।

निषेधाज्ञा उल्लङ्घन गर्नेलाई प्रहरीले कोभिड–१९ सङ्कट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७८ को दफा २१ (२) बमोजिम कारबाही गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लामा कोरोना सङ्क्रमण दर घट्दै गएको भए पनि पूरै नियन्त्रणमा आउन नसकेको भन्दै यहाँको स्थानीय प्रशासनले यही असार २० गतेसम्मका लागि निषेधाज्ञाको समय थप गरेको छ ।

यसैगरी सार्वजनिक सवारी साधन पनि जोरबिजोर प्रणालीका आधारमा जिल्ला भर मात्रै सञ्चालन गर्न सकिने अनुमति दिइएको छ । बैंक तथा वित्तीय संस्थाका हकमा प्रत्येक दिन बिहान १०ः०० देखि अपराह्न १ः०० बजेसम्म स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न सकिने जनाइएको छ । विकास निर्माणका काम र विकास निर्माणमा प्रयोग भएका यातायातका साधन स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न पाइने भएको छ । (

Comment