Saturday, October 16

संसारकै सबैभन्दा खुसी र विकसित देश कसरी बन्यो भूटान, तर किन बनेनन् नेपाल

June 26, 2021 296

Sapana Sanjal : काठमाडौं – हाम्रो राजधानी काठमाडौं धुलो धुवाँ र प्रदूषणले आक्रान्त छ । तर, हामीले गरिब ठान्ने देश भुटान भने संसारकै प्रदूषण मुक्त र संसारकै सबैभन्दा खुसी देश हो । यो उपलब्धीमा जति योगदान सरकारी नीतिको छ उत्तिकै योगदान यहाँका नागरिकको पनि छ । यो देशको सुन्दरता देखेर संसारभरबाट पर्यटक यहाँ पुग्छन् । भुटानका चर्चित चिन्तक तथा ग्रोस नेशनल ह्याप्पिनेस सेन्टर भुटानका प्रमुख डा. सांगडू क्षेत्रीका अनुसार भुटानका नागरिक प्रकृतिलाई भगवान मान्छन् ।

यहाँ आज पनि परिवारका कैयौं पुस्ता एउटै घरमा प्रकृतिको चिन्ताका साथ रहन्छन् । भुटानको कूल गार्हस्थ उत्पादन नेपालको भन्दा निकै कम छ । तर, यहाँका नागरिक प्रसन्न, सन्तुष्ट छन् र प्रकृतिसँग प्रेम गर्दै, जीवनको मूल्य बुझ्दै अगाडि बढिरकेका छन् । ५ कारणले गर्दा भुटान संसारकै खुसी देश बन्न सकेको हो ।

जंगलको संरक्षणः भुटानको सबैभन्दा ठूलो शक्ति यहाँको जंगल हो । भुटानलाई संसारको सबैभन्दा हराभरा देश मानिन्छ । भुटानको कूल भूभागको ७० प्रतिशत भूभागमा जंगल छ । प्रकृतिले घेरिएको भुटानलाई संसारमा सबैभन्दा धेरैअक्सिजन उत्पादन गर्ने देश मानिन्छ । उच्च पर्वत, नदीको सफा पानी र हरियाली यहाँको विशेषता हो । यहाँ जति कार्बन उत्पादन हुन्छ त्यो सबै यहाँका जंगलले नै नष्ट गरिदिन्छन् । यही खुबीका कारण भुटान प्रदूषण रहित छ । जंगल जोगाउन यहाँको सरकार मात्र होइन नागरिक पनि उत्तिकै योगदान दिन्छन् ।

२० वर्षदेखि प्लाष्टिकमाथि प्रतिबन्धः प्लाष्टिक कतिसम्म खतरनाक हुन्छ भन्ने कुरा भुटानले धेरै पहिले बुझिसकेको थियो । सन् १९९९ मा नै यहाँ प्लाष्टिकका कैयौं सामानमा प्रतिबन्ध लगाइएको थियो । २० वर्ष पछि अहिले पनि हाम्रो देशमा भने प्लाष्टिक छ्याप्छ्याप्ती छ जसका कारण हाम्रो देशमा प्रदूषण फैलिएको छ । उता भुटानमा भने प्लाष्टिक प्रतिबन्धको नियमलाई यहाँका हरेक नागरिक अभियानजस्तै मान्छन् र कडाइका साथ त्यसको पालना गर्छन् ।

सूर्तिजन्य पदार्थ्विरोधी कानुन बनाउने पहिलो देशः भुटानका अधिकांश नीति यस्ता छन् जसले पर्यावरण र नागरिकको स्वास्थ्य राम्रो राख्न सहयोग पुर्याउँछन् । धुम्रपान र सूर्तिजन्य पदार्थसँग भुटानको लडाइँ निकै पुरानो हो । झण्डै ३ सय वर्ष पहिले सन् १७२९ मा सूर्तिजन्य पदार्थ रोक्न कानुन बनाउने पहिलो देश भुटान थियो । १९९० मा यहाँ धुम्रपान र सूर्तिजन्य पदार्थ्विरोधी अभियान अझै कडा भयो । फलस्वरुप भुटानका २० जिल्ला धुम्रपानमुक्त जिल्ला घोषित भइसकेका छन् । २००४ मा पूरै देशमा धुम्रपानमाथि प्रतिबन्ध लगाइयो । कानुनअनुसार धुम्रपान र सूर्ति सेवन गर्दा पक्राउ परेमा सिधै जेल जानुपर्छ र जमानत हुँदैन ।

हरियाली बढाउने रेकर्ड बनायाः भुटानको हरियाली र स्वच्छताको चर्चा विश्वभर छ । देशलाई अझै हराभरा बनाउनको लागि २०१५ मा ‘सोसल फरेष्ट्री डे’को अवसरमा भुटानमा १०० जवानको टिमले मिलेर १ घण्टामा ४९ हजार ६७२ बिरुवा रोपे । एकैपटक सर्वा्धिक बिरुवा रोपेको भुटानको यो विश्वरेकर्ड गिनिज बुकमा दर्ता भयो । यस पटक अघिल्लो रेकर्ड तोड्दै पहिलेभन्दा १० हजार बढी बिरुवा रोपियो । २०१५ मा हजारौं नागरिकले भुटानका राजा रानीको पहिलो सन्तान राजकुमार ग्यालसेको जन्मदिन १ लाख ८ हजार बिरुवा रोपेर मनाएका थिए ।

पर्यावरण दिवसमा पैदल दिवस मनाउने पहलः गत वर्ष भुटानमा विश्व पर्यावरण दिवसलाई पैदल दिवसको रुपमा मनाउने पहल गरिएको थियो । भुटानको यातायात विभाग ‘रोयल भुटान पुलिस’को निर्देशनअनुसार देशभर शहरी क्षेत्रमा यातायात बन्द थियो । सडकमा आपतकालीन वाहनलाई मात्र चल्न दिइएको थियो । यो निर्देशनलाई यहाँका नागरिकले कडाइका साथ पालना पनि गरे ।

देशमा कुनै पनि वृद्धाश्रम छैनः रोचक कुरा त के भने भुटानमा एउटा पनि वृद्धाश्रम छैन र यहाँका नागरिकले आफ्नो समाजमा यस्तो ठाउँ हुनु हुँदैन भन्ने मान्छन् । भुटानका चिन्तक डा. सांगडू क्षेत्री भन्छन् – यो समाजको लागि कलंक हो । नकारात्मक विचारसँग जोडिएर रहँदा प्रसन्नता नआउने उनको तर्क छ । परिवार एकसाथ रहँदा प्रसन्नता आउने भन्दै यहाँ कसैले पनि वृद्धवृद्धालाई वृद्धाश्रम पठाउने कुरा मान्दैनन् ।

र आजको राशीफल पनि पढ्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

जग्गाजमिनको कारोबारबाट फाइदा लिन सकिने छ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । स्वास्थ्य सबल रहनेछ । व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुँदैन ।समाजको नेतृत्व बहन गर्नुपर्ने समय भएकाले सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । साथीभाइसित भेटघाट हुने योग छ । खाद्यान्नका परिकार तथा मेवामिष्ठान्न मिल्ने समय छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

परिवारभित्रै वा छरछिमेकमा सम्पन्न हुने धार्मिकरसांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । सार्वजनिक हीतका क्षेत्रमा सक्रियता बढ्ने छ ।अध्यात्म र दर्शनप्रति मन आकर्षित बन्न सक्छ । परोपकारी विचार आउन सक्छन्, त्यस्तै प्रेम र भाइचारा जीवन्त तुल्याउने अवसर प्राप्त हुनेछ । मान्यजनको आशीर्वचन प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

यात्रा नगरेको जाति हुन्छ, चोटपटकको भय हुनेछ वा यात्राका क्रममा झर्कोलाग्दो र धनमाल हराउने सम्भावना पनि देखिंदैछ । परिवारका सदस्य वा नजिकैको साथीले पनि तपाईंका मनका भावना बुझी दिंदैनन् ।बोलीको विपरीत अर्थ लाग्न सक्छ । शरीर भारि र मन अस्थिर रहने संकेत छ । आलस्य र थकानको अनुभूति हुनेछ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

कतै छोटो दुरीको लाभदायी यात्रा पनि हुन सक्छ । पारिवारिक जीवनमा रमाइलोपना आउने छ । घरायसी काममा समय र धन खर्च हुनेछ ।प्रेममा सफलता प्राप्त हुनेछ । अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले कार्य सम्पन्न हुनेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउन सक्छन् । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

आफ्नै सवारी साधनमा रमाइलो र टाढाको यात्राको सम्भावना समेत छ । बन्दव्यापार र उद्योगधन्दामा फाइदा छ ।सामान्यतया झैझगडा र वादविवादमा फँस्नु राम्रो हुँदैन, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ । आफन्त र मित्रवर्गको सहयोग पाइने समय नै छ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

पारिवारिक सहयोग र सद्भावमा कमी आए पनि आफैंले गरेको निर्णय फलदायी हुनेछ ।सन्ततिका क्रियाकलापमा सामान्य समस्या देखिन सक्छन । जानकार व्यक्ति वा गुरुजनले सहयोग गर्नाले आत्मबल बढ्ने छ । बन्दव्यापारबाट लाभ नै हुनेछ । पठनपाठन र चिन्तनमननमा ध्यान केन्द्रित हुनसक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

घरपरिवारमा आनन्दको वातावरण सिर्जना हुनेछ । स्वास्थ्य सबल रहने छ । प्रणयसम्बन्ध र दाम्पत्य जीवनमा रमाइलोपन देखिने छ ।एकोहोरो र जिद्दीपना त्याग्नु राम्रो हुनेछ । छरछिमेकमा भएका असमझदारीको सुलह हुनेछ । धार्मिक र सामाजिक क्षेत्र एवं मित्रवर्गको सहयोग प्राप्त हुनेछ । बन्दव्यापारमा सोचेजस्तै लाभ लिन सकिने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक रहने छ । आम्दानीमा कमी आउने छैन । अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ । यात्राको सम्भावना छ ।राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिनसकिने छ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

दैनिक आम्दानीका मार्गमा बृद्धि हुनेछ, तर मानप्रतिष्ठा र ख्यातिमा आँच आउने सम्भावना छ । घुमघाम र भेटघाटका लागि मन लालायित हुनेछ ।राम्रोरनराम्रो दुबै खालका परिणाम प्राप्त हुनेछ । वित्तीय क्षेत्र र व्यापारिक लगानीका सानातिना फुटकर कामका लागि राम्रो समय छ, तर दूरगामी प्रभावको आर्थिक प्रयोजनका लागि अहिलेको समय सकारात्मक देखिंदैन ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

दानपुण्यका क्षेत्रमा लगानी हुन सक्छ । घरपरिवारबाट साथसहयोग प्राप्त हुनेछ । कतिपय राम्रा अवसरहरू प्राप्त हुनेछन्, तर मन दोधार नबनाउनु होला,व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । खानपिनका परिकार प्राप्त हुने र भ्रमण, पर्यटन, रमझम तथा सामाजिक काममा सहभागी हुनु पर्नेछ । धार्मिक र सामाजिक काममा मन जान सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

रकमको कारोबार र लेनदेनमा विवाद आउने सम्भावना छ, यद्यपि आज आर्थिक समस्या हल गर्ने उपाय देखा पर्नेछ । ठूलो महत्त्वाकाङ्क्षा राखेर धनलगानी गर्नु राम्रो हुनेछैन ।सानातिना सरसामान हराउन सक्ने वा चोरी हुने सम्भावना छ । दूरदराजबाट प्रसन्नता र खुसीको समाचार आउन सक्छ । परोपकारका क्षेत्रमा काम गर्न मन लाग्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

धार्मिकरसांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन ।मन फुरुङ्ग हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ ।

Comment