Sunday, October 24

काठमाडौंमा अबदेखी पसल खोल्न र सवारी चलाउन पाइने, कुन दिन कुन पसल खुल्छन् ? (सूचीसहित)

June 26, 2021 272

Sapana Sanjal : काठमाडौं, असार ६ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो बनाउँदै थपिएको छ । आज बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक निषेधाज्ञा थप गने निर्णय गरेको हो । थपिएको निषेधाज्ञा ८ असारबाट सुरु हुनेछ ।

बैठकमा सहभागी एक अधिकारीका अनुसार थपिएको निषेधाज्ञा १४ असारसम्म जारी रहनेछ । अबको निषेधाज्ञा भने खुकुलो बनाइने भएको छ। ती अधिकारीका अनुसार सवारी साधन सञ्चालन गर्न पाउनेगरी निषेधाज्ञा थप गरिएको हो । तर नीजि सवारी जोर विजोर प्रणाली अनुसार सञ्चालन हुनेछन् ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीका अनुसार ट्याक्सीहरूलाई पनि जोर-बिजोर लागू गरेर चलाउन दिइनेछ।

‘आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्रीका पसल खोल्न दिइने निर्णय भएको छ,’ अधिकारीले भने,‘सोमबार, बुधबार र शुक्रबार ११ बजेदेखि ४ बजेसम्म सपिङ मल, खेलकुद सामग्री, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी, टेलरिङ, गिफ्ट पसल खोल्न दिइनेछ।’

खाद्यान्न, दूध, किताब पसललगायतका पसलहरू बिहान ११ बजेसम्ममात्र खोल्न दिइनेछ। रेष्टुरेन्ट, होटलहरूले भने टेक अवे र होम डेलिभरी गर्न पाउनेछन्। निर्माण सामग्रीका पसलहरू बिहान ११ देखि साँझ ६ बजेसम्म खोल्न पाइने अधिकारीले जानकारी दिए। शनिबार अत्यावश्यकबाहेक अरू पसलहरू बन्द गर्नु पर्नेछ। सरकारी कार्यालय आलो-पालो गरी खुला गर्नुपर्ने निर्णय भएको सहायक प्रजिअ अधिकारीले भने ।

Comment