Tuesday, August 3

निर्माणाधीन पुलको ह्युम पाइपमा अडकिएर दुई बालकको मृत्यु

June 26, 2021 215

Sapana Sanjal : काठमाडौं, असार ८ । ह्युम पाइपमा अड्किएर मृत्युु दुई बालकको भएको छ । दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ४ बङ्गाबगड स्थित लास्कु खोलामा रहेको ह्युम पाइपमा अडकिएर उनिहरुको मृत्यु भएको हो ।

बुधबार दिउँसो पौडी खेलिरहेका बेला ह्युम पाइपमा अड्किएर महाकाली नगरपालिका ४ बस्ने १७ बर्षिय प्रकाश खत्री र १२ बर्षिय रमित कुवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गर्मीको समयमा नदीमा पौडी खेल्ने क्रममा उनीहरु बगेर ह्युम पाइपभित्र अड्किका हुन् । निरन्तर वर्षाका कारण निर्माणाधिन पुलभित्र ह्युम पाइप राखेर नदी खुलाइएको थियो । दार्चुला तिङ्कर सडक जोड्ने निर्माणाधीन मोटरेवल पुलको ह्युम पाइपमा अडकिएर ज्यान गएको जनाइएको छ । उनीहरुको शव स्काइभेटर प्रयोग गरि निकालिएको थियो ।

Comment