Thursday, June 24

पोखरा विमानस्थलमा जहाजमा आगो लाग्यो र मानिसहरु चिच्याउन थाले(भिडियो हेर्नुस् )

April 24, 2021 122

Sapana Sanjal : पोखरा ।

पोखरा ए,यरपोर्ट नजिकको सडक भएर आवतजावत गर्नेहरु आज साँझ अचम्मित भए । ए,यरपोर्ट भित्रबाट स्पिकरमार्फत् ठूलो आवाज आइरहेको थियो । भित्र हेर्दा धावनमार्ग नजिकै हवाइजहाज जस्तो आकृति देखिन्थ्यो र त्यसमा दनदनी आगो दन्किरहेको थियो । धुवाँको मुस्लो निस्किएको थियो । ए,यरपोर्टभित्र ठूलै दु/र्घटना भएको उनीहरुले अनुमान लगाए । ठूलो आवाजमा मान्छेहरु ‘हेल्प हेल्प, बचाउ बचाउ’ भनिरहेका थिए ।

मानिसहरु आत्तिए । कसैले दमकललाई, कसैले प्रहरीलाई फोन गर्न थाले । त्यतिनै बेला साइरन बजाउँदै दमकलहरु दौडन थाले । सबैले आज ए,यरपोर्टमा कुनै अप्रिय घटना भएकोमा निश्चित भए जस्तो लाग्थ्यो । तर, ए,यरपोर्टमा कुनै पनि अप्रिय घ/टना भएको थिएन ।

हवाईजहाजको आपतकालिन उद्घार सम्बन्धी अभ्यास भइरहेको थियो । गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विपद् उद्धारकर्मीको क्षमता विकास गर्ने उद्देश्यले सो अभ्यास गरेको हो ।

बेलुकी चार बजेपछि पोखरा ए,यरपोर्टमा नमूनाको रुपमा जहाज दु,र्घटना गराइयो । त्यसपछि उक्त जहाजमा आगलागी पनि भयो । आगो निभाउनका लागि दमकलको सहारा लिइयो । त्यस्तै, घा/इतेको उपचारका लागि एम्बुलेन्स पनि गुडे ।

यी सबै घ/टना नमुनाको रुपमा गरिएको थियो । अभ्यासका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रसका पदाधिकारीहरु लगायत खटिएका थिए । यसको पूर्व तयारी अन्तर्गत सोमवार र मंगलवार सामान्य अभ्यास समेत भइसकेको थियो । दु/र्घटना भएको खण्डमा पूर्वतयारी स्वरुप यस्तो अभ्यास गरिएको हो ।

यस्तै, उद्धार अभ्याससँगै चार दिने विपद् उद्धारकर्मीको क्षमता विकास तालिमको समापन गरिएको छ ।

Comment