Saturday, October 16

एयरपोर्टमा लोडरको काम गर्ने विष्णु अधिकारी पक्राउ, शंका लागेर डेरामा पुग्दा प्रहरीनै चकित !

June 26, 2021 155

Sapana Sanjal : काठमाडौं, असार १० । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोदाममा चोरी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सञ्चालनमा ल्याएको कार्गो कम्प्लेक्समा रहेको आयात गोदाममा चोरी भएको हो।

पक्राउ पर्नेमा विमानस्थलमा लोडरको काम गर्ने २९ वर्षीय विष्णु अधिकारी छन् । सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका–२ घर भएका अधिकारीलाई चोरी गरेको ८ थान ल्यापटपसहित पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बाँस्तोलाले जानकारी दिए ।

नयाँ नेपाल जनशक्ति सर्भिस प्रालिको तर्फबाट कार्गो कम्प्लेक्सको निर्यात गोदाममा लोडरको काम गर्ने अधिकारीले ल्यापटप चोरी गरेका हुन् । रातको समयमा आयात तर्फको गोदामबाट उनले ल्यापटप चोरेर फोहोरमा लुकाउने गरेको र दिउँसो डेरामा लैजाने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

त्रिवि शाखा कार्यालयले संचालनमा ल्याएको कार्गो कम्प्लेक्सबाट २९ वर्षीय अधिकारीले जेठ २० मा ७ र असार ३ मा ६ थान गरी १३ थान ल्यापटप चोरी गरेको भेटिएको छ ।

चोरीको सूचना आएपछि विमानस्थल सुरक्षा कार्यालय र महानगरीय अपराध महाशाखाको टोलीले अनुसन्धान गरेको थियो । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ वेशीगाउँ बस्ने उनलाई आवश्यक कारवाहीका लागी महानगरीय प्रहरी परिसर काठमाडौंमा रिफर गरिएको छ ।

Comment