Saturday, September 18

भुकम्पपिडितलाई खुसीको खवर ! निर्देशक समितिको बैठकले गर्‍यो यस्तो निर्णय

June 25, 2021 106

Sapana Sanjal :  ० असार, काठमाडाैँ । भूकम्पबाट भत्किएका निजी आवास पुनर्निर्माण गर्ने समय आउँदो कात्तिकसम्म थपिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको प्राधिकरणको निर्देशक समितिको बैठकले यसै आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएका निजी आवास लगायतका पुनर्निर्माणका काम २०७८ कार्तिक मसान्तसम्ममा सम्पन्न गर्ने निर्णय गरेको हो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सीईओ सुशील ज्ञवालीले यथासम्भव न्यून जनशक्ति परिचालन गरी आर्थिक वर्ष २०७८र०७९ को पहिलो चौमासिकभित्र बाँकी काम सम्पन्न गरिने र अन्तर्राष्ट्रिय सम्मेलनको तयारी तथा हस्तान्तरणका कामलाई एकैसाथ अघि बढाइने जानकारी दिए ।

कोभिड-१९ महामारी लगायत कतिपय कारणले पीडितले दोस्रो र तेस्रो किस्ता नलिइसकेकाले समयसीमा बढाउने निर्णय गरिएको प्राधिकरणले जनाएको छ। यसका साथै पुनर्निर्माणका बाँकी कामहरू पनि आगामी आर्थिक वर्ष २०७८/७९ को पहिलो चौमासिकभित्र सम्पन्न गर्ने समय बढाइएको छ।

निर्माण गरेका तर पूरा नभएका, हालसम्म कुनै किस्ता नलिएका भूकम्पपीडितको आवास स्थानीय निकाय मार्फत प्राविधिक जाँच र यथासम्भव सुधार गराएर सहयोग उपलब्ध गराउने निर्णयसमेत बैठकले गरेको छ। भूकम्पमा क्षति पुगेका आठ लाख आठ हजार २८२ लाभग्राहीमध्ये ९९.३६ प्रतिशतले पहिलो किस्ता र ८८.६२ प्रतिशतले दोस्रो किस्ता लिएको प्राधिकरणले जनाएको छ।

यससँगै बैठकले नेपालको पुनर्निर्माण सम्बन्धी प्रस्तावित अन्तर्राष्ट्रिय सम्मेलन आगामी २१–२३ मंसरमा गर्ने निर्णय गरेको छ।

Comment