Friday, October 15

धरहराबाट ख’सेर भाग्यले बाचेकी रमिला, भन्छिन- म जहाँबाट ख’सेर बाचे त्यहि रोजगारी पाऊँ !

April 24, 2021 279

Sapana Sanjal : काठमाडौं ।

केही दिनदेखि धरहराका तस्बिर सामाजिक सञ्जालमा भाइरल भइसकेका छन्। भूकम्पले भ’त्केको ऐतिहासिक सं,रचनाको सफलता पूर्वक पुनर्निमाण गरेकोमा सरकारले जनताबाट धन्यवाद खाइरहेको छ। कसैले चाहिँ धरहरा बना उने पैसाले यतिवटा अस्पताल बन्थे भनेर हिसाब पनि निकालिरहेका छन् । यता, रमिलाको मनमा चाहिँ अर्कै हलचल छ ।

उनको मा’नसपटलमा अहिले घुमिरहेका छन् आजभन्दा ६ वर्ष अगाडिका परिदृष्यहरु। २०७२ सालको वैशाख १२ गते पनि उनी यहाँ आएकी थइन् । धरहरा चढेकी थिइन्। माथि पुगेर उल्लासित बन्दै चि’च्याएकी थिइन् । त्यसपछि भने के-के भयो न उनी सम्झिन सक्छिन्, न सम्झिन चाहन्छिन् । हो, भूकम्पले देश ह’ल्लाएको क्षण रमिला धरहराको टुप्पोमा थिइन् । धरहरा ढ’लेसँगै उनी भूइमा ब’जारिएकी थिइन् ।

तर, बाँ’चेकी थिइन् ।भूकम्पले भ’त्केको धरहराको ठू’टो अहिले पनि त्यही अवस्थामा छ । त्यो ठू’टोलाई चिनोका रुपमा यत्तिकै छो’पछाप पारेर अर्को धरहराको नवनिर्माण भएको छ । नव निर्मित धरहराको उद्घाटन हुने अघिल्लो दिन रमिला यहाँ आएकी छन् । भूकम्प जाँदा रमिला कक्षा ९ मा पढ्थिन् । घा’इते शरीरका कारण एक वर्ष पढाइ छुट्यो । अहिले उनले प्लस टुको परीक्षा सि’ध्याएकी छन् ।

ब्याचलर पढ्ने तयारीमा छिन् ।हरेक वर्ष जब वैशाख १२ आउँछ, त्यति बेला मिडियामा रमिलाको खोजी हुन्छ ।बाँकी अरु दिन कसैले सम्झिँदैन । यसमा रमिलाको ठूलो गु’नासो छ ।‘मलाई अब अन्तर्वार्ता दिन पनि मन लाग्दैन । जति अन्तरवार्ता दिए पनि कसैले केही गरेको होइन । न उपचार खर्च पाएँ, न रोजगारी । मिडियाले पनि हाम्रो दु:ख देखाएर भ्यूज कमाउँछन्, तर सहयोग गर्दैनन्,’ रमिलाले हामीलाई नै झटारो हा’निन् ।

उनलाई यतिबेला रोजगारी चाहिएको छ । बुवाको सामान्य खे’तिकिसानीले परिवारको भ’रणपोषण गाह्रो हुँदै गएको उनले बुझेकी छन् । भाइ सानै छ । त्यसैले आफैंले कमाएर परिवारलाई सहारा दिन चाहिन्छन् । सँगसँगै पढाइलाई पनि निरन्तरता दिनु छ ।‘घरमा बा आमा हुनुहुन्छ । उहाँहरू उ’कालो-ओरालो गर्न सक्नुहुन्न । शरीर क’मजोर भएको छ । अब त मैले पनि केही गर्न पाए हुने,’ उनी मलिन सुनिइन् ।

रमिलाले हामीसँग आफ्नो एउटा इच्छा सुनाइन् ।‘धरहरामा यत्रो काम भइरहेको छ, मलाई पनि सरकारले यहीँ रोजगारी मिलाइ दिए हुन्थ्यो’ उनले भनिन्, ‘लौन, तपाईंहरुले पनि भनिदिनु ।’ जुन धरहराबाट खसेर पनि उनको ज्यान बाँ’च्यो, त्यही धरहरामा रोज गारी गर्ने रमिलाको इच्छा अर्थपूर्ण थियो । के उनलाई यहाँ काम लाग्दैन ।‘एक-दुई दिन पो ड’र लाग्ला ।

सँधै डराएरै बस्न पनि त भएन,’ उनले भनिन्, ‘म यहाँबाट ख’सेर बाँ’चेकी छु, अब मैले यहीँ काम पाउनुपर्छ।’ भोली हुने धरहराको उद्घाटनमा ‘आउनुपर्छ है’ भनेर पुन र्निमाण प्राधिकरणबाट उनलाई फोन आएको छ । निम्तो कार्ड पनि आउने ब’ताइएको भए पनि उनले पाएकी छैनन् ।‘खोइ जाउँ कि नजाउँ,’ उनले अ’न्योल मुद्रामा भनिन् । थप यो नेपाल प्रेससँगको अन्तर्वार्ता हेर्नुहोस ।

Comment