Thursday, August 5

अ ण्ड कोष केमिकलले टाँसेर खसीकै मासु हो भन्दै बाख्राको मासु बेच्नेपछी …..

June 22, 2021 111

Sapana Sanjal : रौतहटमा खसीको अ ण्ड कोष टाँसेर बाख्राको मासुलाई खसीको भन्दै बेच्ने दुई जना पक्राउ परेका छन् । गौर नगरपालिका वडा नं १ गौर बजारमा बाख्राको मासुलाई खसीको मासु भन्दै बेच्दै गरेका २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गौर नगरपालिका वडा नं ३ बस्ने वर्ष २४ को लाल मोहमम्द र वडा नं १ वस्ने वर्ष ३० का महमम्द नसिव रहेको रौतहट प्रहरी प्रमुख एसपी सिद्दीबिक्रम शाहले जानकारी दिएका छन । उनीहरुलाई अन्दाजी ३५ किलो बाख्राको मासुसहित नियन्त्रणमा लिई थप कारवाहीको लागी जिल्ला प्रशासन कार्यालयमा पठाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटको अनुसार उनीहरुले बाख्राको शरीरमा खसीको अ ण्ड को ष केमिकलले टासेर उपभोक्तालाई खसीकै मासु हो भन्दै बेचिरहेका थिए । उनीहरुलाई सादा पोसाक गएको प्रहरी टोलीले ३५ किलो बाख्राको मासुसहित रंगेहात पक्राउ गरेको हो ।

Comment