Saturday, September 18

कोरोनासँग हारेको दम्पती, जसले २३ घण्टाको बीचमा संसार छाडे

June 20, 2021 224

Sapana Sanjal :  काठमाडौं – कोरोना भाइरसका कारण चितवनका एक दम्पतीको मृत्यु भएको छ। भरतपुरका ती दम्पतीको कोरोना संक्रमणका कारण एक दिनको फरकमा ज्यान गएको हो।

भरतपुर महानगरपालिका ३ बस्ने ७१ वर्षका भैरव कायस्थको असार पाँचगते बिहान पाँच बजे र उनकी श्रीमती कांग्रेस नेतृ विजया रेग्मी कायस्थको असार ६ गते बिहान चार बजे निधन भएको हो ।

४५ वर्षीया विजया नेपाल तरुण दलकी जिल्ला सदस्य हुन् । उनीहरु कोभिड संक्रमण भएपछि सुरुमा भरतपुरकै पुष्पाञ्जली अस्पतालमा गएका थिए । त्यहाँ चारदिन रहँदा अवस्था गम्भीर भएपछि चितवन मेडिकल कलेजमा भर्ना भएका थिए।

कोभिडका कारण उनीहरुको फोक्सोमा गम्भीर समस्या देखिएको चितवन मेडिकल कलेजले जनाएको छ । कोभिड संक्रमण भएपछि अठार दिनदेखि मेडिकल कलेजको कोभिड आइसीयुमा थिए ।

मेडिकल कलेजका अप्रेसन म्यानेजर पारस अधिकारीले मेडिकल कलेज ल्याउँदा अक्सिजनको मात्रा निकै कम भएको बताए । फोक्सोमा निमोनिया भएपछि दुवै जनाको निधन भएको उनले जानकारी दिए।

Comment