Saturday, September 18

निशा घिमिरेको स्वास्थ्यमा भयो यस्तो चमत्कार डाक्टर नै चकित परे

June 20, 2021 270

Sapana Sanjal : निशा घिमिरेको स्वास्थ्यमा भयो यस्तो चमत्कार डाक्टर नै चकित परे ! कलाकार निशा घिमिरेको उपचारका लागि बैंक खाता सञ्चालनमा ल्याइएको छ । दुई वर्ष अघि कलाकारिता अध्ययन गर्न भारतको देहरादुन जानुभएका उहाँ सडक दुर्घटनामा परी गम्भीर घाइते हुनुभएको थियो ।

परिवारको आर्थिक अवस्था कमजोर हुँदा उपचार सम्भव नभएपछि उहाँको स्वास्थ्य अवस्था निकै नै नाजुक बन्दै गइरहेको जनाइएको थियाे । २३ वर्षीया निशाको अवस्था बारे जानकारी पाएपछि नवजीवन परोपकार समाजका अध्यक्ष दुर्गानाथ दाहालले समाजिक सञ्जालमा घिमिरेको तस्बीर सार्वजनिक गर्नु भएको थियो ।

तस्बीरमा निशाको अवस्था द-र्द-नाकपूर्ण देखेए पछि सहयोग गर्नुपर्ने चौतर्फी आवाज उठ्यो । दाहालले राखेको तस्बीरमा नर्भिक अस्पतालका निर्देशक मेघा चौधरीको नजर पर्यो । चौधरीले निशालाई अस्पतालले ल्याई तत्काल नि;शुल्क उपचार शुरुवात गर्नुभयो । अहिले उहाँको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको समेत अस्पतालले जनाएको छ ।

महाँकाल -४ ललितपुरका निशालाई अस्पतालको उपचार पछि पनि पालन-पोषण, हेरचाह र निरन्तर उपचारको जरुरत पर्ने भएकाले आर्थिक सहयोग सङ्कलन थालिएको छ । कलाकार सँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले अहिले सहयोग गरिरहेका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले निशाको परिवारलाई रु ५१ हजार सहयोग गरेको छ ।

उहाँलाई अहिले देश तथा विदेशसमेतबाट सहयोग जुटिरहेको छ । उपचारमा थप सहयोगका लागि नवजीवनका अध्यक्ष दाहाल, चलचित्र कलाकार सङ्घका उपाध्यक्ष मोहन निरौला र निशाका बुवा प्रेम प्रसादका नाममा कृषि विकास बैंकमा खाता समेत खोलिएको छ ।

Comment