Friday, September 17

प्लाज्मा गरेका डाक्टरलाई २ पटक भ्याक्सिन लगाउदा पनि कोरोना पोजिटिभ

April 24, 2021 107

Sapana Sanjal : काठमाडौ ।

नेपालमा‌ प्लाज्मा थेरापी गर्ने ब्यक्तिलाई पनि कोरोना पोजेटिभ देखिएको छ । प्लाज्मा गरेर दुई पटक भ्याक्सिन समेत लगाएका ब्यक्तिलाई समेत कोरोना पोजेटिभ देखिएपछि कोरोना भ्याक्सिनको विश्वसनियतामा प्रश्न उठेको छ । नेपालमा पहिलो पहिलो प्लाज्मा थेपापी गर्ने डाक्टर हुन् विपिन नेपाल । उनलाई पनि कोरोना पोजिटिभ देखिएको छ ।

ग्राण्डी अस्पतालमा कार्यरत प्लाज्मा थेरापिस्ट विशेषज्ञ समेत रहेका डा। नेपालले दुई पटक भ्याक्सिन लगाइसकेका छन् । कोरोनावाट जोगिन दुई पटक कोरोनाको भ्याक्सिन समेत लगाएका डा नेपाललाई कोरोना पोजिटिभ देखिएको हो।

काठमाडौं मेडिकल कलेज शि,क्षण अस्पताल सिनामंगलमा शुक्रबार पिसिआर प्रयोगशालामा परीक्षण गर्दा पोजेटिभ देखिएको छ। उनलाई सामान्य ज्वरो देखिएको र होम आइसोलेसनमा बसेको स्वास्थ्यकर्मीले जनाएका छन् ।

कोरोना समुदायस्तरमै तीव्र फैलिँदै जाँदा रोकथाममा अत्यावश्यक मानिने खोप, रेम्डेसिभिर र अक्सिजन चरम अभाव खड्किएको छ । दैनिक २ हजारमाथि संक्रमित पुगे पनि आमनागरिकले खोप पर्याप्त नहुँदा खोप लगाउन पाएका छैनन् ।

अस्पताल भर्ना भएका र गम्भीर बिरामी कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डेसिभिर बजारमा सहज रूपमा पाइन छोडेको छ । अस्पतालमा अक्सिजन प्लान्ट समेत अभाव छ ।

चिकित्सक र जनस्वास्थ्य विज्ञले कोरोना रोकथाममा अत्यावश्यक मानिएको खोप, रेम्डेसिभिर र अक्सिजन तयारी अवस्थामा राख्न सरकारलाई सुझाव दिएका छन् ।

संसद्को शिक्षा तथा स्वास्थ्य समितिले कोरोना रोकथाममा कुनै कसर बाँकी नराख्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन नै दिएको छ ।
रेम्डेसिभिर समेत सहज रूपमा उपलब्ध हुन सकेको छैन । अस्पताल भर्ना भएका र गम्भीर बिरामी कोरोना संक्रमित उपचारमा रेम्डेसिभिर प्रयोग प्रभावकारी मानिन्छ ।

Comment