Tuesday, June 22

यी स्टारले एन्जेलिना जोली जस्तो देखिने चक्करमा रुप बिगारेपछी, सरकारले हाल्यो १० बर्ष जेल

April 24, 2021 113

Sapana Sanjal : चर्चित हलिउड अभिनेत्री एन्जेलिना जोलीजस्तै देखिने इरानकी एक युवतीलाई दश वर्षको जेल सजाय दिइएको छ।
टेक हिन्दुस्तानका अनुसार, १९ वर्षीय ‘इन्स्टाग्राम स्टार’ साहार तबारलाई उनको सामाजिक सञ्जाल गतिविधिका कारण प,क्राउ गरिएको हो।

वास्तविक नाम फतेमेह खिसभान्द नामकी ती युवतीले मेकअप र इडिटिङ प्रयोग गरेर आफ्नै वि,कृत तस्बिरहरु सामाजिक सञ्जाल पोष्ट गर्थिन्। उनका तस्बिरहरु अभिनेत्री एन्जेलिना जोलीले खेलेको पात्रहरु जस्तै देखिएको प्रख्यात रहेको द गार्डियनले बताएको छ। उनका ती तस्बिर र गतिविधिले नयाँ पुस्तामा नराम्रो प्रभाव पारेको र इस्लाम धर्मावलम्बीको सम्मान नगरेको आरोप लागेको हो।

तबारलाई अनुपयुक्त माध्यमबाट आय आर्जन गर्ने र युवाहरुलाई भ्रष्टाचारका लागि प्रोत्साहित गरेको आरोप लगाइएको टेक हिन्दुस्तानको भनाइ छ। रिर्पोटका अनुसार, तबारको मेडिकल रेकर्डहरुमा उनलाई मानसिक रोग रहेको र उनी मनोचिकित्सा अस्पतालहरु पनि गएको उल्लेख छ।

तर, तबारले भने आफ्नो रिहाइको लागि सुरु गरिएको अभियानमा एन्जेलिना जोलीलाई नै गुहारेकी छिन्। यूएनएचसिआर गुडविलको राजदूत समेत रहेकी एन्जेलिना जोलीलाई अभियानमा आउनको आह्वान गर्दै तबारले भनेकी छिन्, ‘इस्लाममा महिलालाई पटकपटक यातना दिने इतिहास छ। हामी यसको विरुद्ध एकजुट हुन आवश्यक छ।’

तबारको एन्जेलिना जस्तो रुपमा प्लास्टिक सर्जरीबाट बनाइएको हल्ला छ। तर, उनी स्वयंले भने त्यो कुरा अस्वीकार गरेकी छिन्। सन् २०१७ मा भएको एक अन्तर्वातामा उनले आफू एन्जोलिना जोली जस्तै देखिन प्लास्टिक सर्जरी नगरेको बताएकी थिइन्।

उनले भनेकी थिइन्, ‘हरेक पटक फोटो पोस्ट गर्दा म आफ्नो अनुहार अनौठो तरिकाको बनाउँछु। यो आफैंलाई अभिव्यक्त गर्ने एउटा कला हो। मेरा फ्यानहरुलाई थाहा छ कि यो मेरो प्लास्टिक अनुहार होइन।’

Comment