Saturday, September 18

मलामी जाँदा खोलाले बगाएर बेपत्ता भएका पुरुष मृत फेला

June 18, 2021 182

Sapana Sanjal : मृतक अधिकारीको शव अर्घाखाँचीको रिङ्गदीस्थित बलेवाको बाँसमा अड्किएको अवस्था फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक सुजन विक्रम शाहले जानकारी दिए।

मलामी गएका अधिकारीलाई स्थानीय मथुरा खोलाले बुधबार दिउँसो बगाएर बेपत्ता भएका थियो। शवलाई परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

यस्तै जिल्लामा अविरल परेको पानीले खोलाहरू बढेर आवतजावत गर्न कठिन भइरहेको प्रहरीले जानकारी दिएको छ । जिल्लामा अन्य मानवीय क्षति नभए पनि भौतिक क्षति भने भएको जनाईएको छ । जिल्लाभरको क्षति सकलन गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Comment