Thursday, August 5

नुवाकोटका विवेक पाण्डे सगरमाथाको चुचुरोमा, त्रिभुवन त्रिशुली माविको झण्डा फहराए (हेर्नुस ६ तस्विर)

June 18, 2021 101

Sapana Sanjal : नुवाकोट, ३ असार – नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १० गेर्खुटारका विवेक पाण्डेले बिश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन ।

पाण्डेले आफुले २०५१ सालमा एसएलसि उतिर्ण गरेको त्रिभुवन त्रिशुली माध्यामिक विद्यालयको झण्डापनी सगरमाथामा फहराइएका छन । पर्वतारोही विवेक पाण्डेले आफुले अध्ययन गरेको विद्यालयको झण्डा सर्वोच्च शिखर सगरमाथामा फहराएको विद्यालयका सहायक प्रधानध्यापक राजेन्द्र दवाडीले जानकारी दिए ।

उनले विद्यालयको लोगो, नाम र ठेगानासहितको “माउण्ट एभेरेष्ट समिट विसं २०७८” अंकित विद्यालयको झण्डा फहाराएका हुन । विवेकले यसअघी पनि २०७५ जेठ ४ गते सगमाथाको सफल आरोहण गरेका थिए ।

Comment