Saturday, September 18

मेलम्चीबासीहरु लाई पिडा माथि पिडा थपियो ,राहत वितरणमै झ’ड प (भिडियो)

June 18, 2021 152

Sapana Sanjal : काठमाडौ ।

सिन्धुपाल्चोकको मेलम्चीमा बाढी प्रभावितका लागि राहत वितरणका क्रममा विवाद भएको छ । एकद्धार प्रणालीवाट राहत वितरण गर्नुपर्ने योजना स्थानिय सरकारले बनाएको थियो । तर नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले विभिन्न संगठनहरुवाट संकलन गरेर ल्याएको राहत सामग्री आफुखुसी बाँड्न लागेको भन्दै स्थानियका केही नेताहरुले विरोध गरेका हुन् ।

अवस्था विग्रन नदिन सुरक्षाकर्मी परिचालन भएको छ । अनेरास्ववियुले आफ्नो संगठनको ब्यानर राखेर राहत वितरण गर्न थालेपछि विपदको बेलामा पार्टीको प्रचार गर्ने भन्दै केही स्थानिय पुगेका थिए । उनीहरुले ब्यानर च्यातीदिएपछि अवस्था विग्रिएको हो । बााढी पीडितहरुमाथि राजनीति गर्न खोजेको भन्दै स्थानीयले ब्या नर च्या तेका हुन् ।

मेलम्चीको इन्द्रेश्वरी माविमा बसिरहेका बाढी प्रभावितहरूका लागि खाद्यान्न लगायतका राहत सामग्री लिएर अनेरास्ववियुका नेता पुगेका थिए । अनेरास्ववियुमा आबद्ध सोही विद्यालयका पूर्व विद्यार्थीहरुले राहत वितरण गर्न खोजेका थिए ।

अनेरास्ववियुको ब्यानर देखेपछि स्थानीयले यो राजनीति गर्ने ठाउँ हैन भन्दै वि रो धमा उ त्रि एका हुन् । त्यसक्रममा अनेरास्ववियूका कार्यकर्ता र स्थानीयबीच धकेला धकेल भएको भिडियोमा देख्न सकिन्छ । हेर्नुहोस तलको भिडियो –

Comment