Tuesday, August 3

हवाइ उडान सुरू गर्ने सरकारको निर्णय

June 17, 2021 107

Sapana Sanjal : असार दोस्रो साताबाट स्मार्ट लकडाउन हुने भएको छ । कोभिड–१९ निर्देशक समितिको बुधबार बसेको बैठकले संक्रमणको जोखिम राख्न र अत्यावश्यक बस्तुहरुको उत्पादन तथा आपूर्ति सुचारु गर्न स्मार्ट लकडाउन गर्नुपर्ने निष्कर्ष निकालेको छ । बालुवाटारमा बसेको बैठकले हाल जारी निषेधाज्ञा कायमै राख्ने र त्यसपछि अवस्था मूल्यांकन गरी केही क्षेत्र खुला गर्ने निर्देशक समितिको निर्णय छ ।

प्रधानमन्त्री एवम् समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार राती अबेरसम्म बसेको समितिको बैठकले नेपाली श्रमिक अधिक संख्यामा रहेका टर्की, कतार, साउदी अरेबिया, युएई ,जापान र मलेसिया जस्ता देशहरुमा हवाई उडान पुनः संचालन गर्ने निर्णय गरेको छ । यी देशहरुबाट सातामा दुई हजारजना यात्रुभन्दा नबढ्ने गरी हवाई उडान सञ्चालन हुने छन् ।

बैठकले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटलमा क्वारेन्टाइनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णयसमेत गरेको छ । कुल १५ दिन बस्नुपर्ने क्वारेन्टाइनका लागि १० दिनसम्मको खर्च सरकारले व्यवस्थापन गर्नेछ ।

बैठकले सिसिएमसी केन्द्रको प्रशासनिक कार्यका लागि बजेट व्यवस्था गर्ने तथा निर्माण क्षेत्र र अत्यावश्यक उद्योगलाई स्वास्थ्य मापदण्ड पालनाका साथ खोल्न दिइनेसमेत निर्णय गरेको छ ।

Comment