Saturday, September 18

बैंकवाट ल्याएर दराजमा राखेको ५३ लाख वृद्ध भत्ता अचानक गायब, मन्त्रालयबाट छानबिन सुरु

June 16, 2021 125

Sapana Sanjal : काठमाडौ ।

नुवाकोटको पञ्चकन्या गाउँपालिकाबाट वडा नंवर २ कबिलासबाट सामाजिक सुरक्षा भत्ताको ५३ लाख रुपैयाँ चोरी भएको खबर सार्वजनिक भएपछि संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले बैंकबाट मात्र भत्ता वितरण गर्न स्थानीय तहलाई पत्राचार गरेको छ ।

मन्त्रालयले सामाजिक सुरक्षा भत्ता नगदमै वितरण गर्दा चोरी हुन थालेको भन्दै बैंक खाता खोलेर मात्र भत्ता वितरण गर्न निर्देशन दिएको हो ।मन्त्रालयका उपसचिव वावु राम भुसालले सवै स्थानीय तहलाई पत्र लेख्दै भत्ताको रकम चोरी हुन थालेको, अनियमितता देखिन थालेको भन्दै अनिवार्य बैंकिङ प्रणालीमा जान भनेको हो ।

नुवाकोटको पञ्‍चकन्या गाउँपालिका वडा नंवर २ कविलासमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न झिकिएको ५० लाख र राजश्व बापत संकलन भएको ३ लाख समेत गरी ५३ लाख चोरी भएको ३ महिना भन्दा बढी समय बितिसकेको छ । यती लामो समय बितिसक्दा समेत दोशी पत्ता लगाउन नसक्नु, उक्त पैसा राती वडा कार्यालयको ढोकाको साँचो खोलेर १० मिनेटभित्र चोरिएको सिसिटिभी फुटेजमा देखिनुले वडामा आईरहने नजिकका ब्यक्तीबाट चोरी भएको हुनसक्ने अनुमान गरिएको छ ।

‘सीसीटीभीबाट पनि चोर पत्ता लाग्न सकेन । हामीले प्रहरीमा उजुरी गरेर अनुसन्धान सुरु गरे पनि अझै परिणाम देखिएको छैन । सरकारी रकम वडा सचिव सरिता रावतको नाममा जम्मा गरेको, भत्ता वितरण बैंकबाट गर्नुपर्ने प्रावधानलाई बेवास्ता गरेको, एकपटकमा १० लाखभन्दा बढी रकम बैंकबाट झिक्न नपाइने भए पनि प्रशासकीय अधिकृत आफैंले पटक–पटक नियम उल्लंघन गरेको, घटनाको जानकारी नदिएको बताइएको छ । त्यसैले उनलाई यस्ता असावधानी अपनाएको देखिएकाले प्रशासकीय अधिकृतलाई निलम्बन गरेर मन्त्रालयले अनुसन्धान थालेको छ । बैंकबाट ल्याएको भोलिपल्ट भत्ता वितरण गर्न खोज्दा दराजमा रकम थिएन । यसअघि सोही गाउँपालिका–५ को सामाजिक सुरक्षाबापतको भत्ता हिनामिना भएको शंकामा अख्तियारमा उजुरी परेपछि वडा सचिवले गल्ती भएको भन्दै १० लाख फिर्ता गरेका थिए ।

Comment