Saturday, September 18

भ्याक्सिनकै कारण मृत्यु भएको पुष्टि, ६८ वर्षका वृद्धको भ्याक्सिनले लियो ज्यान

June 16, 2021 169

Sapana Sanjal : एजेन्सी । परिक्षणका क्रममा रहेको भ्याक्सिनको विश्वसनियतामा प्रश्न उठिरहेको बेला भ्याक्सिनकै कारण मृत्यु भएको पुष्टि भएको छ । भारतमा को रोना भ्याक्सिन लगाएका ब्यक्तिको मृत्यु भएको पहिलो घटना पुष्टि भएको हो । भ्याक्सिनका कारण ६४ वर्षका एक वृद्धको मृत्यु भएको पुष्टि गरिएको हो ।

यो कुरा भारतको केन्द्र सरकारको तर्फबाट गठित प्यानलको रिपोर्टमा सार्वजनिक भए पछि भ्याक्सिनकै कारण मृत्यु पुष्टि भएको हो । इन्डिया टुडेले आफू्सँग यसबारे रिपोर्ट सुरक्षित भएको दावी सहित सामाचार सार्वजनिक गरेको छ ।

एईएफआईका लागि केन्द्र सरकारले एउटा कमिटी गठन गरेको छ । यो कमिटीले भ्याक्सिन लगाएपछि भएको ३१ जनाको मृत्युमाथि अनुसन्धान गरेपछि ६८ वर्षका एक वृद्धको मृत्यु भ्याक्सिनकै कारण भएको पुष्टि गरेको हो ।

‘मृत्युको कारणबारे अनुसन्धान गर्दा भ्याक्सिनका कारण भएको यो पहिलो मृत्यु भएको हामीले थाहा पाएका छौं । ती व्यक्तिको भ्याक्सिन लगाएपछि एनाफिलेक्सीस भएको थियो जसका कारण उनको मृत्यु नै भयो,’ एईएफआईका अध्यक्ष डा। एनके अरोराको भनाई राख्दै इन्डिया टुडेले लेखेको छ ।

त्यसलाई चिकित्सकीय भाषामा एनाफिलेक्सीस भनिएको छ यो एक प्रकारको एलर्जिक रियाक्सन हो । ती वृद्धको सन् २०२१ मा मार्च ८ मा भ्याक्सिनको पहिलो डोज दिइएको थियो र केही दिनपछि नै उनको मृत्यु भएको थियो ।

Comment