Tuesday, August 3

असार १ गतेदेखि फरक मोडालिटी परिवर्तन गरी निषेधाज्ञा, पसल र सवारी साधन खोल्ने बारे यस्तो छ तयारी

June 14, 2021 136

Sapana Sanjal : काठमाडौं। काठमाडौं उपत्यकामा जेठ ३१ पछि पनि निषेधाज्ञा लम्ब्याउने तयारी गरिएको छ । निषेधाज्ञा लम्ब्याउने तर असार १ देखि फरक मोडालिटी हुने भएको छ ।

स्रोतका अनुसार असार १ पछि निजी सवारी साधन जोर विजोर लागू गरेर सञ्चालन गर्न दिइने छ । त्यस्तै खाद्यान्न लगायत अत्यावश्यक वस्तु बिक्री हुने पसलहरूलाई लामो समय खुला हुनेछन् । त्यस्तै भाडाकुडा, स्टेशनरी, कस्मेटीक्स, फेन्सी पसलहरू खोल्न निश्चित समय तोक्ने तयारी छ ।

पार्टी प्यालेस, सिनेमा हल, जिम, फुटसल लगायतका ठुला खेल गतिविधि हुने स्थानहरु बन्द नै रहनेछन् । पार्टी, समारोह लगायतका मानिसहरु अत्याधिक जम्मा हुनसक्ने कार्यक्रमहरुलाई सानो संख्या निर्धारण गरेर मात्रै खुल्ला गर्न दिने तयारी गरिएको छ ।

होटल तथा रेष्टुरेण्टहरु स्वास्थ्य मापदण्ड तोकेर दिने या नदिनेमा छलफल चलिरहेको छ । असारपछिको निषेधाज्ञामा मोडालिटी परिवर्तन गरी सवारी–साधनमा जोर–बिजोर लागु गरिने बताइँदै आएको छ । ‘स्वास्थ्य मापदण्ड पालना नहुनुले संक्रमणदर नघटेको सरोकारवालाहरुको निष्कर्ष रहेको छ ।

निषेधाज्ञा लम्ब्याउने कि हटाउने भन्नेबारे सरकारले स्थानीय प्रशासनलाई अधिकार दिएको छ । त्यसैले निषेधाज्ञा थप गर्ने तयारी थालेका छौं’, प्रजिअ पराजुलीले भने । पछिल्लो पटक काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको थियो । त्यो जेठ ३१ गते राति १२ बजेसम्म कायम छ ।

Comment