Saturday, September 18

नेपालमा आज पनि ठुलो संख्यामा थपिए नयाँ को,रोना; संक्रमित, यति धेरैको मृ,त्यु”

June 14, 2021 271

Sapana Sanjal : नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४०७ जनामा को,रोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट १ हजार ६९४ र एन्टिजेन परीक्षणमा ७१३ जना गरी २ हजार ४०७ जना को-रोना संक्रमित थपिएका हुन् ।

त्यस्तै थप ४६ जना को,रोना, संक्रमितको मृ,त्यु, भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृ,त्यु,भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा ४६ जना को,रोना, संक्रमितको मृ,त्यु, भएको हो ।

मन्त्रालयका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा को-भिड १९ को श,व, व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृ-तक थपिएका हुन् । यो सँगै हालसम्म को,रोनाले; ज्या-न गुमाउनेको संख्या ८ हजार ४१२ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ६५३ जनामा को;रोना” भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४८३ जना, भक्तपुरमा ५८ जना र ललितपुरमा ११२ जना को;रोना” संक्रमित थपिएका हुन् ।

यस्तै उपत्यकामा निषेधाज्ञा थपिएको छ । जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो । को,रोना; भाइरसको जोखिम घटिनसकेको निष्कर्षसहित काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

यद्यपि संक्रमण दर कम हुँदै गएकाले निषेधाज्ञालाई केही खुकुलो पारिएको उनले बताए । पराजुलीका अनुसार अब तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खुल्नेछन् । अनलाइन डोम डेलिभरी सेवा पनि सञ्चालन हुनेछन् । शैक्षिक सत्र सुरु हुने बेला भएकाले प्रशासनले पुस्तक पसल पनि खोल्न दिने निर्णय गरेको छ । जसअनुसार पुस्तक पसल बिहान ११ बजेसम्म खुल्नेछन् । अपरान्ह ४ बजेपछि हार्डवेयर पसल पनि खोल्ने निर्णय भएको छ । हालै निर्माणका कार्यलाई सहजीकरण गर्न गृहमन्त्री खगराज अधिकारीले ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका थिए ।

कृषिको समय भएकाले त्यससम्बन्धी कार्यलाई पनि सहजीकरण गर्ने निर्णय भएको पराजुलीले बताए । उनका अनुसार विभिन्न मुलुकमा जानका लागि भिसा लिने प्रयोजनमा निस्किने व्यक्तिलाई पनि सहजीकरण गर्ने निर्णय भएको छ । यसअघि भएका प्रमुख जिल्ला अधिकारीहरुको छलफलमा जोर–विजोर प्रणालीमा यातायात सञ्चालन गर्न दिने भन्नेबारे पनि कुराकानी भएको थियो । तर स्वास्थ्य मन्त्रालयले त्यो जोखिमपूर्ण हुने बताएपछि आइतबारको बैठकमा यातायातसम्बन्धी विषयले आज को बैठक मा प्रवेश पाएन । उपत्यकामा १६ वैशाखदेखि लगाइएको निषेधाज्ञा हालसम्म जारी छ ।

त्यस्तै जारी निषेधाज्ञामा निधेषाज्ञा उल्लंघन गर्ने ६४२ सवारी साधन कारबाहीमा परेका छन् । आइतबार बिहान निषेधाज्ञाको अबज्ञा गरी चलाइएका ६४२ ओटा सवारी कार्बाहिमा परेका छन् । को,रोना; भाइरस संक्रमणको दोस्रो लहर फैलिएपछि काठमाडौँ उपत्यकामा लगाइएको निषेधाज्ञा पनि जारी छ । पछिल्लो पटक उपत्यकामा थप गरिएको निषेधाज्ञा जेष्ठ ३१ गतेसम्म कायम रहने छ । त्यसपछि पनि केही खुकुलो बनाउँदै निषेधाज्ञाको अवधि थप्ने स्थानीय प्रशासनको आज को बैठक ले तयारी छ ।

निषेधाज्ञाका क्रममा उपत्यकामा सवारी साधानको अत्याधिक चाप देखिएको छ । काठमाडौँको विभिन्न चोकमा सवारीको चाप बढेको हो । यद्यपी ट्राफिक महाशाखाले काठमाडौँ उपत्यका लगायत निषेधाज्ञा जारी भएका जिल्लाहरुमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारी साधन मात्र सञ्चालन भएको जनाएको छ ।

काेराे-ना भा- ईरस; ( काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ  अनिबार्य रुप मा माक्स को प्रयोग गरौं साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।

Comment