Saturday, October 16

दिपक मनाङ्गेको पछिल्लो अन्तरवार्ता ः अब एमालेलाई कहिल्यै भोट नहाल्नु (भिडियो)

June 14, 2021 153

Sapana Sanjal : दुई महिनाको अन्तरमा तीन पटक मन्त्री भएका दिपक मनाङ्गे पछिल्लो समय राजनीतिक निर्णायक बने । संसद बिघटन गर्न पृथ्वीसुब्बा गुरुङले बर्तापछि उनी मन्त्रीबाटै राजिनामा दिएर बिपक्षी गठबन्धनमा आएका थिए ।

संसद जोगाउन विपक्षीलाई साथ दिने घोषणा गर्दै उनी विश्वासको मत लिने प्रस्तावमा मतदान हुँदा अनुपस्थित रहे। दीपक मनाङेको घोषणाले ६० सदस्यीय सदनमा ३१ जना विपक्षी मोर्चामा भइदिए। निकै कसरत गर्दा पनि आफ्नो पक्षमा स्पष्ट बहुमत जुटाउन नसकिरहेको विपक्षी गठबन्धनका लागि ‘मसिहा’ बने आपराधिक पृष्ठभूमिबाट आएका मनाङे। उनको निर्णायक मतले मुख्यमन्त्री बने कृष्णचन्द्र नेपाली। प्रदेश सरकारको लगाम पृथ्वीसुब्बाबाट कृष्णचन्द्रमा पुग्यो। मनाङे पुनः मन्त्रीमा नियुक्त भएका छन्।

मनाङेको गुन तिर्दै मुख्यमन्त्रीले उनलाई तुरुन्तै मन्त्री बनाएका छन् । अन्य पार्टीहरुमा कसलाई मन्त्री बनाउने भन्ने विवाद भए पनि मनाङे भने मुख्यमन्त्रीका लागि ‘निर्विवाद’ थिए । यद्यपि, उनलाई कुन मन्त्रालय दिने भन्ने टाउकोदुखाइ बाँकी छ । मनाङेले चानचुने होइन, गृह मन्त्रालयमा दावी गरेका छन् । योभन्दा अगाडि खाएको युवा तथा खेलकुद मन्त्रालय उनलाई खासै टेस परेको थिएन ।

यसअघि मुख्यमन्त्री गुरुङले मनाङेलाई मन्त्री बनाउँदा चौतर्फी विरोध भएको थियो । सामाजिक सञ्जालमा आँधितुफान नै आएको थियो । सत्ता जोगाउनकै लागि एउटा पुर्व गुण्डानायिकेलाई मन्त्री बनाउनु निन्दनीय थियो नै । यसले नेपालको संघीयता अभ्यासमाथि नै प्रश्न उठेको थियो ।

तर, मनाङे दोस्रोपटक मन्त्री बन्दा भने खासै विरोधको स्वर सुनिएको छैन । यसरी लिइएको छ, मानौं उनी मन्त्रीका स्वभाविक हकदार हुन् । परिस्थिति हेर्दा मुख्यमन्त्रीले उनलाई महत्वपूर्ण मन्त्रालय नै नसुम्पेलान् भन्न पनि सकिन्न । त्यस्तो मन्त्रालयमा मनाङेले के गर्लान् भन्ने चिन्ता नलिँदा पनि हुन्छ । आखिर अरु प्रदेश मन्त्रीले पनि गरेका के नै छन् र ? उनीहरुले गर्नुपर्ने र गर्न सक्ने पनि के नै छ र ?

एमालेका २७ संसद मध्ये २६ ले बिघटन रोजेपछि आफूले संसदको हत्या गर्न हुँदैन भनेर बिपक्षीलाई सहयोग गरेको बताउँछन् । अब जनताले त्यी एमालेका २६ जनालाई भोट गर्न नहुने बताए । हेर्नुहोस् दिपक मनागेको पछिल्लो अन्तरवार्ता

Comment