Friday, June 18

घरमा बहिनीको बिवाह अस्पतालमा दाइको मृत्यु, बिवाह नारोकियोस भनेर आमाले लुकाइन मृत्युको खबर, सहिन एक्लै पिडा

April 24, 2021 92

Sapana Sanjal : काठमाडौ ।

कोरोनाका कारण नेपालमै यस्तो हृदय विदारक घ,टना भएको छ । आफ्नो परिवार भित्रै छोरीको विवाह हुने दिनमै किशोर छोरा गुमाएकी आमाले विवाह नरोकियोस् भनेर छोराको मृ,त्युको खबर समेत गोप्य राखिन् ।

कोरोनाले आफ्नो १५ वर्षको छोरा गुमाएकी दाङ गढवा गाउँपालिका वडा नं ६ की एक महिलाले यस्तो गरेकी हुन् । आफ्नो एक मात्र छोरा कोरोनाले गुमाएपछि पनि उनले अरुको भलाईका लागि त्यती ठूलो चो ट एक्लै सहेर बसिन् ।

लमहीस्थित आदर्श माविमा कक्षा ९ मा अध्यनरत् विधान आचार्यको भैरहवामा उपचारका क्रममा मृ,त्यु भयो । यता दाङमा विधानको माइला बुवाको छोरीको विवाह थियो । उनले आफ्नो देवरको छोरीको विवाह नरोकियोस् भनेर छोराको मृ,त्यु पनि लुकाइन् ।

विद्यालयमा टाउको दुख्यो भनेपछि उनलाई वैशाख ६ गते घर पठाइएको थियो । प्रधानाध्यापक कुलचन्द्र पौडेलका अनुसार कक्षा ९ मा पढ्ने विधान आफ्नी आमासँगै लमहीमा बसिरहेका थिए।

वैशाख ७ गते मात्रै बुटवल उपचारका लागि आमाले लिएर गइन् ८ गते कोरोना पुष्टि भयो । वैशाख ८ गते रिपोर्ट आएपछि आमा लक्ष्मीले छोरा विधानलाई भैरहवा लगेर भर्ना गरिन्।

उनको शुक्रबार बिहानै त्यहीँ निधन भइसकेको थियो। विधान परिवारका एक्ला छोरा हुन्। उनीकी बहिनी विधाता छिन्। बुवा विष्णु रोजगारीको सिलसिलामा दुबईमा छन् ।

विधानको निधन भएकै दिन यता विधानका माइला बुवाकी छोरीको विवाह भयो । आमाले विवाह प्रभावित नहोस् भनेर आफ्नो छोराको मृ,त्युको खबर पनि उनीहरुलाई दिइनन् ।

विवाह सकिएर जन्ती गइसकेपछि मात्र उनले विवाहको खबर दिएकी थिइन् । ‘विधान त बिहान १ बजेतिर नै बितिसकेको रहेछ, तर उहाँले त्यो कुरा लुकाउनुभयो र जन्ती हिँडिसकेपछि मात्रै छोराको मृ,त्युबारे खबर दिनुभयो’ प्रधानअध्यापकले भने ।

Comment