Tuesday, August 3

साबधान ! तपाईंको चरित्र ह त्या मात्र होइन धनसम्पत्ति पनि गुम्ला नि ! मौलाउन थाल्यो यस्तो अपराध

June 12, 2021 113

Sapana Sanjal : सामाजिक सञ्जालबाट आउने अपरिचित व्यक्तिको प्रेम प्रस्तावलाई सजिलै स्वीकार्दै हुनुहुन्छ भने होसियार ! यस्तो प्रस्तावले तपाईंको चरित्र ह त्या मात्र होइन धनसम्पत्ति पनि गुम्ला नि ।

विशेषगरी सामाजिक सञ्जालबाट सम्पर्कमा आएका व्यक्तिसँगको अन्तरङ्ग तथा अश्लील संवाद, तस्बिर र भिडियो म्युटिलेट तथा फोटोसप गरी फेसबुक, म्यासेन्जर, टिकटक र युट्युबमार्फत चरित्र ह त्या र रकम ‘बार्गेनिङ’को समस्या बढेको छ ।

नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोका अनुसार केही समययता अपरिचित व्यक्तिले ‘फ्रेन्ड रिक्वेस्ट’ पठाई बारम्बार भिडियो संवाद गर्ने र प्रेम प्रस्ताव राखी आफैँले अ श्ली ल क्रि याक लाप देखाई सम्बन्धित पुरुष वा महिलालाई उक्साउँछन् ।

एकआपसमा साटासाट गरिएका अ श्ली ल तस्बिर तथा कुराकानी रेकर्ड गरेपछि साइबर अपराधमा फसाइदिन्छु, सामाजिक सञ्जालमा राखिदिने र पारिवारिक सम्बन्ध टु टाइ दिनेसम्मको ध म्की दिने गरेको पाइएको छ ।

साइबरविज्ञ वरिष्ठ प्रहरी उपरीक्षक नविन्द अर्याल कोरोना बन्दाबन्दीको मौकाछोपी अ श्ली ल क्रि या कलाप गर्न उक्साएर भिडियो बनाउने, तस्बिर साटासाट गर्ने, फोटोसप तथा म्युटिलेट भिडियो सामाजिक सञ्जालमा राखी च रित्र ह त्यासँगै रकम बार्गेनिङको समस्या बढेको बताउनुहुन्छ ।

“साइबर अ परा धको शिकार हुनबाट जोगिन सर्वसाधारणका लागि पटक–पटक सार्वजनिक जनचेतना गरिँदै आएको छ । तर पनि कतिपयले सामाजिक सञ्जालबाट प्राप्त हुने सूचना सामग्री र प्रस्तावप्रति पूर्ण विश्वास गर्ने भएकाले चरित्र ह त्या र ठ गी अ प राध मौलाएको छ,” उनले भने ।

साइबर अपराधसँग सम्बन्धित दैनिक १८ देखि २७ वटासम्म उजुरी आउने गर्छन् । ब्युरो प्रहरीका अनुसार तीमध्ये एक दर्जन च रि त्र ह त्या र ठ गीका छन् । अ श्ली ल भिडियो र तस्बिर देखाएर नगद बार्गेनिङ कोरोनापछि देखा परेको नयाँ किसिमको अपराध हो । यो समाचार गोरखापत्र दैनिकमा छ ।

Comment