Saturday, September 18

जेठ २९ का मुख्य २० समाचार हेडलाइन्सहरु साह्रै रोचक र विशेष छन् – भिडियोमा हेर्नुहोस्

June 12, 2021 219

Sapana Sanjal : आज २०७८ साल जेठ २९ तदनुसार जुन १२, २०२१ । यहाँ आज हामीले आजका २० मुख्य समाचार हेडलाइनहरु प्रस्तुत गरेका छौँ । यी आजका तपाईले थाहा पाउनै पर्ने समाचारहरु छोटकरीमा भिडियो बनाएका छौँ जसले गर्दा तपाई दिनभरीका खबरहरुसँग अप टु डेट रहन सक्नु हुनेछ । तपाईले देश भित्रका वा बाहिरका कुनै पनि बिषयका मुख्य समाचारहरु छुटाउनु पर्ने छैन । यसैले भिडियो हेर्नुहोला ।

भिडियोमा भएको एक समाचार यस्तो छ – धनुषमामा पोखरीमा डु बेर एउटा गाउँका ५ बालिकाको मृत्यु भएपछि गाउँ शोकमा डु वेको छ । एकै पटक ५ बालिकाको मृत्युले गाउँलाई निकै ठूलो चो ट दि ए को छ । धनुषाको मुखियापट्टी मुसहरनिया ६ लक्ष्मपुर गाउँका पाँच बालिकाको शुक्रवार पोखरीमा डु बेर मृत्यु भएको हो। नुहाउन गएका बालिकाहरुको डु बेर मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेहरुमा स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया यादव, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी भगत, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मञ्जु पुर्वे, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चान्दनी ठाकुर र उतिम साह तेलीकी १२ वर्षीया ललित साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

भिडियोमा नसमेटिएको अर्को समाचार छ – कुनै घटना यस्तो फिल्मी शैलीमा भइरहेका छन् की विश्वास नै गर्न सकिन्न । काठमाण्डौँमा केहि दिन अगाडी यस्तै घटना भएको छ । निषेधाज्ञाको समयमा सुन्धारामा रहेको होटल प्रेसिडेन्टमा एक महिलाको लाश फेला पर्यो । तर घटना निक्कै शंकास्पद छ । विगत पन्ध्र महिनादेखि अस्ट्रेलियामा रहेको भनिएकी रजनी गुरुङको लाश होटलमा भेटिएको हो ।

होटलको कोठामा रहेको शिलिङमा उनी मृत अवस्थामा फेला परेकी हुन् । प्रहरीका अनुसार घटना निक्कै शंकास्पद छ । रजनी गुरुङले विगत पन्ध्र महिनादेखि अस्ट्रेलियामा छु भनेर घर परिवारलाई जानकारी दिइरहेकी थिइन् । महानगरिय प्रहरी परिसर काठमाडौका प्रवत्ता रमेश कुमार बस्नेतका अनुसार पोखरा घर भएकी उनी मृत अवस्थामा फेला परेपछि प्रहरीले अनुशन्धान थालेको छ ।

उनी मृत भन्ने थाहा पाएपछि प्रहरी पुग्यो । खानतलासी गर्दा उनी पोखराकी रजनी गुरुङ भन्ने पत्ता लाग्यो । त्यसपछि उनका परिवार झिकाईयो । अभिभावकको उपस्थितीमा परीक्षणका लागि पठाइएको बस्नेतको भनाई छ । मृतक गुरुङको मृत्यु कसरी भयो भन्ने बारेमा परीक्षण गरिपोर्टपछि मात्रै बताउन सकिने बस्नेतले बताएका छन् ।

Comment